प्रथम मिसेस हङ्कङ पविता

- अनोज रोक्का

जेष्ठ २, २०७५

विवाहित महिलाको सौन्दर्य सम्बन्धि प्रतियोगीता ‘मिसेस हङ्कङ्’को शिर्ष उपाधि पविता पुमा राईले उचालेकी छिन् । हङकङ नेपाली महिला संघको आयोजना गरेको उक्त प्रतियोगीतामा १० प्रतिस्पर्धिलाई पछि पार्दै उनले शिर्ष उपाधि उचालेकी हुन् ।  

याउमा तेई स्थित कम्युनिटी हलमा आयोजित प्रतियोगितामा प्रतिस्पर्धीहरु कल्चरल, साडी, गाउन राउण्डमा प्रस्तुत भएका थिए । मगर संघ हङकङकी पूर्व अध्यक्ष चन्द्र ज्योती आलेको स्पन्सरमा प्लेनमा ढाकाको वोर्डर रहेको साडी र सेन्स अफ क्लिक हङकङको डिजाईनमा तयार गाउँनलाई उक्त राउण्डमा प्रस्तुत गरिएको थियो । 

२ राउण्डमा सम्पन्न प्रतियोगितामा पहिलो राउण्डबाट ७ जना छनौट भएका थिए । प्रतियोगितामा सावित्रा ईङ्नाम र अनिता तामाङ क्रमश फस्ट रनरअप र सेकेण्ट रनरअप भए । पूर्व मिस नेपाल सुगरिका केसी र मोडल तथा अभिनेता बिनोद बस्नेतको कोरियोग्राफी रहेको प्रतियोगितमा कविता गुरुङ, बसन्ती केली पुन, युगल पोमो, लोकेन्द्र आङबुहाङ्, भूमिका गुरुङ निर्णायकमा थिए । 

पहिलो पटकको प्रतियोगीता सम्पन्न भएपछि नेपाली महिला संघकी अध्यक्ष टिका गुरुङ्ले यो कार्यक्रमलाई निरन्तरता दिने बताइन् । 

प्रकाशित :जेष्ठ २, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्