Teej banner

विपाशालाई चिट्ठा

- एजेन्सी

जेष्ठ २, २०७५

विपाशा वासुका प्रशंसकहरूका लागि खुसीको खबर छ । विपाशालाई हालै एउटा चिट्ठा परेको छ अर्थात् उनी चाँडै चलचित्रमा देखिँदैछिन् । विवाहपछि पर्दामा नदेखिएकी विपाशाले स्लाइस अफ द लाइफमा अभिनय गर्ने पक्का भएको हो । 

अब विपाशा तीन वर्षपछि उक्त चलचित्रमार्फत बलिउडमा फर्कनेछिन् । बताइएअनुसार विपाशाको अपोजिटमा उनकै श्रीमान् करणसिंह ग्रोवरलाई प्रस्ताव गरिएको छ । यो चलचित्रको छायांकन लन्डनमा एक महिना लगाएर गरिने बताइएको छ । 

यो चलचित्र बन्ने हल्ला लामो समयदेखि चलिरहे पनि मुख्य कलाकार फाइनल गर्न निर्माण टिमलाई गाह्रो परिरहेको थियो ।

 

प्रकाशित :जेष्ठ २, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्