Teej banner

गायिका प्रधान सम्मानित

- साप्ताहिक संवाददाता

जेष्ठ १, २०७५

 

कपन सङ्गीत सरोवर सञ्चालन भएको ११ वर्ष पुरा भएको छ । कपन सङ्गीत सरोवरले गत साता आफ्नो स्थापनाको ११  वार्षिकोत्सव पारेर बरिष्ठ गायिका शकुन्तला प्रधानलाई सममान गरेको छ । शास्त्रीय संगीत तथा नेपाली गायनक्षेत्रमा विशेष योगदान गरेकी गायिका प्रधानलाई  १० हजार नगद, सम्मानपत्र तथा दोसल्लासहित सम्मान गरेको हो । 

गायिका प्रधानलाई सम्मान पत्र प्रदान गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा बरिष्ठ कलाकार हरिहर शर्माले नेपाली सिंगीतमा सरोवरले पुराएको योगदानको चर्चा गरे । कार्यक्रममा गायिका प्रधानले उक्त संस्थालाई २५ हजार सहयोग हस्तान्तरण गरिन । 

पत्रकार एबम् चिन्तक केशव पाठक, वरिष्ठ सङ्गीतकार विनय वर्मा, सङ्गीतकर्मी डम्बर ढकाल, साहित्यकार नारायण नेपाल, रङ्गकर्मी मधु बोगटी लगायतका कलाकारले कार्यक्रममा विभिन्न प्रस्तुती प्रसतुत गरेको उक्त कार्यक्रमको सरोवरका अध्यक्ष गीतकार विसुकुमार केसीले सभापतित्व गरेका थिए । 

प्रकाशित :जेष्ठ १, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्