अमेरिकामा रिमा

- साप्ताहिक संवाददाता

जेष्ठ १, २०७५

अमेरिकाका नेपालीहरूमाझ परिचित हुने क्रममा छिन्— मोडल रिमा केसी । आकर्षक शारीरिक बनावट, अग्लो कद तथा सुन्दर मुहारका कारण उनी छोटो समयमै चर्चामा आएकी हुन् । रिमा र्‍याम्पदेखि म्युजिक भिडियो तथा पेपर एडहरूमा सक्रिय छिन् । 

अमेरिकामा आयोजना हुने फेसन शोमा समेत उनको उपस्थिति रहँदै आएको छ । नर्सिङ पेशामा आबद्ध भए पनि रिमाले फुर्सदको समय मोडलिङलाई नै दिइरहेकी छिन् । उनी नेपालमा छँदा पनि मोडलिङमा रुचि राख्थिन्, यद्यपि अध्ययनका कारण उनले त्यो रहर पूरा गर्न सकेकी थिइनन् । 

झन्डै एक दशकअघि अमेरिका पुगेकी रिमाले दुई वर्षयता नेपाली फेसन शोसहित विदेशी फेसन डिजाइनरहरूले तयार पारेका पहिरनमा समेत क्याटवाक गरिसकेकी छिन् । रिमाले नेपाली गायक–गायिकाका म्युजिक भिडियोमा पनि अभिनय गरेकी छिन् । ५ फिट ७ इन्च अग्ली रिमा कुपण्डोल, ललितपुरकी स्थायी बासिन्दा हुन् । 

प्रकाशित :जेष्ठ १, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्