Teej banner

आफूलाई फिट राख्न के गर्नुहुन्छ ?

- महेश तिमल्सिना

जेष्ठ १, २०७५

म विशेष गरी योग, रनिङ अनि फलाम उचाल्ने काम गर्छु । त्यसका साथै खानपिनमा पनि प्रशस्त ध्यान पुर्‍याउँछु । 

राजेश हमाल, अभिनेता

प्रत्येक दिन एक घण्टा जुम्बा डान्स गर्छु । जुम्बा नभ्याएको बेला एक घण्टा हिड्छु । अर्को कुरा म शाकाहारी हुँ, त्यसले पनि मलाई फिट राख्न सहयोग पुर्‍याएको छ । 

दिलीप रायामाझी, अभिनेता 

आफूलाई मन परेको खाना मज्जाले खान्छु, अनि दैनिक फुटसल र फुटबल खेल्छु । त्यसैले अहिलेसम्म फिट छु । 

बद्री पंगेनी, गायक

आफूलाई मानसिक रूपमा शान्त राख्छु । बेलुका समयमै सुत्छु, बिहान सबेरै उठ्छु, दैनिक २० मिनेट व्यायाम गर्छु । धूम्रपान–मद्यपान आदि केही पनि गर्दिनँ । 

विक्रान्त मेहेता, चिकित्सक/गायक 

आफूलाई फिट राख्न मनलाई सकारात्मक राख्छु र नियमित डान्स गर्छु । हरेक दिन बिहान हट लेमन विथ हनी पिउँछु अनि सधैं मर्निङ वाक जान्छु । 

बिनु शाक्य, मोडल

विशेष गरी खानेकुरामै ध्यान दिन्छु । अल्कोहल तथा सुर्तीजन्य पदार्थ सेवन गर्दिनँ । सकेसम्म बिहान सबेरै उठ्छु । 

भोजराज काफ्ले, लोकगायक 

म पहिले हेल्थ क्लब जान्थेँ, तर अहिले व्यस्तताले गर्दा बेलुका एक घण्टा घरमै कसरत गर्छु अनि खानामा ध्यान दिन्छु । 

करिश्मा मानन्धर, अभिनेत्री 

त्यस्तो खासै केही गर्दिनँ, तर हरेक दिन बिहान केही समय दौडन्छु । 

देवी घर्ती, गायिका 

आफूलाई सदा फिट राख्न हरेक दिन जिम जान्छु, बिहान योग गर्छु, सन्तुलित खाना खान्छु । बाहिरका खानेकुरा भरसक खादिनँ । 

अनुपविक्रम शाही, अभिनेता 

आफ्नो शरीरले सजिलै पचाउने खानेकुरा मात्र खान्छु, हरेक दिन साधारण व्यायाम गर्छु । आफूसँग भएका सकारात्मक कुरालाई सम्झेर खुसी हुने प्रयत्न गर्छु । 

हेमन्त शर्मा, गायक 

खानपिनमा ध्यान दिन्छु । पहिले बिहान–बिहान दौडन्थेँ । अहिलेचाहिँ बिहान पेटको एक्सरसाइज गर्छु ।

शिवहरि पौडेल, हास्यकलाकार 

प्रत्येक बिहान हेल्थ क्लब जान्छु । म शाकाहारी हुँ, सामान्य खानपिन गर्छु । 

पूजा शर्मा, अभिनेत्री 

हरेक दिन एक घण्टा दौडन्छु अनि शारीरिक व्यायाम गर्छु । प्रशस्त पानी पिउँछु । 

सौगात मल्ल, अभिनेता 

पहिलो कुरा त खानामै ध्यान दिनुपर्छ । म जंक फुडहरू खादिनँ । प्रशस्त पानी पिउँछु । हरेक दिन तीन घण्टा डान्स गर्छु । 

जाहन्वी बस्नेत, मोडल 

 

एक्सरसाइज त गरिरहेकै हुन्छु । त्यसका साथै, शाकाहारी खानेकुरामा जोड दिन्छु । 

पारस खड्का, क्रिकेटर 

प्रशस्त पानी पिउँछु । खाना नियमित खान्छु । बेलाबेलामा खानेकुरा खाइरहन्छु । योगमा बढी फोकस हुन्छु । 

ऋचा शर्मा, अभिनेत्री

समय मिलेका बेला जिम जान्छु अनि गर्मीमा स्विमिङ गर्छु । 

एलिसा राई, अभिनेत्री

पहिले डाइट कन्ट्रोल गर्थें, व्यायाम गर्थें, तर नयाँ प्रोजेक्टका लागि मोटाउनुपर्ने भएकाले त्यतातिर खासै ध्यान दिएको छैन । 

गौरव पहारी, अभिनेता 

बिहान आधा घण्टा हिँड्छु । पानी प्रशस्त पिउँछु । दैनिक १५ मिनेट ध्यान गर्छु । सम्भव भएसम्म घरमै पकाइएको सन्तुलित खाना खान्छु, अनि बेलुका छिट्टै सुत्छु बिहान चाँडै उठ्छु । 

राजनराज शिवाकोटी,गायक तथा संगीतकार 

म हरेक दिन बिहान आधा घण्टा दौडन्छु, डेढ घण्टा जिम गर्छु । चिल्लो बोसोरहित खानेकुरा खान्छु । शरीरलाई पुग्ने गरी आराम गर्छु । अरूका बारेमा धेरै सोच्दिनँ । मनलाई सकारात्मक राख्छु । धेरै चिन्ता पनि गर्दिनँ । 

शिव परियार, गायक

बिहान ५ बजेदेखि ७ बजेसम्म ब्याटमिन्टन खेल्छु । खाना मजाले खान्छु, शरीरलाई मात्रा पुग्ने गरी पानी पिउँछु । 

सिताराम कट्टेल, हाँस्यकलाकार 

बिहान उठ्छु अनि रियाज गर्छु । खानालाई ब्यालेन्स गर्छु, पानी धेरै पिउँछु । 

बसन्त सापकोटा, संगीतकार  

म बिहान डान्स क्लास जान्छु, अनि डाइटिङ गर्छु । 

रक्षा श्रेष्ठ, हाँस्यकलाकार 

बिहान १५ मिनेट ध्यान गर्छु अनि शरीरमा पसिना निस्कने गरी ब्याटमिन्टन खेल्छु । 

कुमार कट्टेल, हाँस्यकलाकार 

आफूलाई फिट राख्न बिहान–बेलुका समय मिलाएर हिँड्छु, आधा घण्टा जति घरमै डान्स गर्छु । 

नवराज पराजुली, कवि 

 

प्रकाशित :जेष्ठ १, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्