भावना र रामचन्द्रको बग्ने खोला

- साप्ताहिक संवाददाता

वैशाख ३१, २०७५

गायिका भावना आचार्य तथा गायक रामचन्द्र काफ्लेको स्वरको लोक पप शैलीको गीत ‘बग्ने खोला बगीगो’ को म्युजिक भिडियोले दर्शकको मन जितेको छ । उक्त गीतमा दीपक शर्माको शब्द तथा संगीत निर्देशन छ ।

नरेन्द्र बियोगीको संगीत संयोजनको उक्त गीतको म्युजिक भिडियोलाई उत्सव दाहालले छायांकन गरेका छन् । साहिल खान तथा मिलन श्रेष्ठद्वारा सम्पादन गरिएको उक्त भिडियोमा अभिनेत्री शिल्पा पोखरेल तथा दीपक ढकालले अभिनय गरेका छन् । देवेन्द्र पाण्डे उक्त भिडियोका निर्देशक हुन् ।

‘बग्ने खोला बगिगो’को म्युजिक भिडियो :

 

प्रकाशित :वैशाख ३१, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्