कायल पार्ने बालकलाकार

- साप्ताहिक संवाददाता

वैशाख ३१, २०७५

यतिबेला चलचित्र कोहलपुर एक्सप्रेस प्रदर्शनको तेस्रो सातामा छ । नारी प्रधान उक्त चलचित्रमा झन्डै १२ जना कलाकार प्रभावकारी भूमिकामा छन् । प्रियंका कार्की, ऋचा शर्मा तथा केकी अधिकारी त चलचित्रका मुख्य पात्र नै भए, बुद्धि तामाङ, विनोद न्यौपाने तथा रवीन्द्र झा पनि चलचित्रमा महत्वपूर्ण भूमिकामा छन् ।

 

यी ६ जना कलाकारलाई फनफनी नचाउने भूमिकामा प्रस्तुत भएका छन्— बालकलाकार कुशाग्र भट्टराई । एक धनाढ्य व्यापारीकी कान्छी श्रीमतीका छोराको भूमिकामा प्रस्तुत भएका कुशाग्र आफू अपहरित भए पनि अपहरणकारीलाई नै सहयोग गर्ने भूमिकामा छन् । 

हास्य प्रधान यो चलचित्रमा शान्तिनगर, काठमाडौंस्थित बेबीलोन नेशनल स्कूलका कक्षा ४ का छात्र कुशाग्रले गर्ने विभिन्न हर्कतका कारण दर्शकहरू पेट मिचिमिची हाँस्न बाध्य हुन्छन् । उनकै ह्युमरस अभिनयका कारण सिनेमा हलमा अभिभावकहरूसँग पुग्ने बालबालिकाको संख्या बाक्लो छ । 

कोहलपुर एक्सप्रेस हेरेपछि अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले यी बालकलाकारको प्रशंसा गर्दै भनिन्– उनले चलचित्रका कलाकारलाई मात्र होइन, दर्शकहरूलाई  समेत कायल बनाउने रहेछन् । 

प्रकाशित :वैशाख ३१, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्