Teej banner

अक्षयको नयाँ काम

- एजेन्सी

वैशाख ३१, २०७५

अभिनेता अक्षय कुमार तथा ट्विंकल खन्नाले एउटा गैरसरकारी संस्थाको सहयोगका लागि आफ्ना चलचित्रमा प्रयोग गरिएका पोशाक लिलामी गर्ने प्रक्रिया थालेका छन् ।

अक्षयले त्यसको थालनी चलचित्र रुस्तममा आफूले लगाएको पोशाक लिलामीमा राख्दै गरे, जसको बोली एउटा अनलाइनमार्फत लगाइँदैछ । अक्षयको यो कामको धेरैले प्रशंसा गरेका छन् भने कतिपयले खुलेर बोलीसमेत लगाइरहेका छन् । 

च्यारिटीका लागि धेरैभन्दा धेरै रकम जुटोस् भन्ने अधिकांशको चाहना छ । भनिन्छ, रुस्तमको उक्त पोशाकलाई ५ करोड भारतीय रुपैयाँसम्मको बोली लगाइएको छ । यद्यपि केही मानिसले उक्त पोशाकको लिलामीप्रति आपत्ति जनाइरहेका छन् ।

उनीहरूको तर्क के छ भने रुस्तममा अक्षय कुमार नेभी अधिकृत बनेका थिए र जुन पोशाकउनले लगाएका थिए, त्यससँग मुलुककै सम्मान जोडिएको छ । 

प्रकाशित :वैशाख ३१, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्