जीवन कहिल्यै सरल रेखामा हिँड्दैन

- साप्ताहिक संवाददाता

वैशाख ३०, २०७५

 

फेसनप्रति सचेत हुने नेपाली सेलिब्रेटी कमै छन् (बेस्ट ड्ेरस सेलिब्रेटी) । वास्तवमा पहिरनले पनि व्यक्तित्व झल्काउँछ । 

भुवन तिवारी

डोबर इंग्लिस एकेडेमी स्कुलले कल्पना कविरथको अध्ययनमा सहयोग गरेर राम्रो काम गरेको छ (नेपालकै होची किशोरी) । उनी अध्ययनमा अब्बल छिन् । घर–परिवारले पनि उनको थप अध्ययन एवं प्रगतिमा सहयोग पुर्‍याउनुपर्छ । 

किशोर सापकोटा

जीवन कहिल्यै सरल रेखामा हिँड्दैन (समय सन्दर्भ : समानान्तर जिन्दगीहरू) । एउटै जिन्दगीमा फरक–फरक अभिनय गर्नुपर्ने, फरक–फरक भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । सबै कुराको उत्तिकै महत्व पनि हुन्छ ।

सन्तोष गुरुङ

नेपालीहरूले जहाँ गए पनि आफ्नो संस्कृति बिर्सिएका छैनन् (टेक्सासमा नेपाल नाच्छ) । आफ्नो परम्परा, संस्कृति जोगाउन आफैंले पहल गर्नुपर्छ । 

रमेश सापकोटा

अनलाइन र फोनका माध्यमबाट यसप्रकारको ठगी बढिरहेको छ (अपराध : उपहार पर्‍यो भन्दै ठगी गर्ने बढे) । यो विषयमा सचेतना फैलाउन जरुरी छ ।

कमला प्रसाईं

अभिनेत्री मेलिसा जोन्सको साहसको कदर गर्नैपर्छ (अभिनेत्रीको साहस) । हात नभएकी मेलिसाले कैयौं लाञ्छना भोग्नुपर्‍यो, तैपनि उनले हिम्मत हारिनन् । उनको जीवनबाट धेरैले प्रेरणा लिन सक्छन् । 

विनोद कुमार

किड्स क्यापिटलको उपाधि प्राप्त गर्न सफल प्रकृति भट्टराई तथा प्राप्ति थापालाई बधाई छ (किड्स क्यापिटल) । आउने दिनमा पनि यस्तै सफलता मिलोस् । 

शैलेन्द्र पौडेल

अभिनेत्री निरुता सिंहका बारेमा धेरैपछि पढ्न पाइयो (धेरैपछि निरुता) । मुम्बई बसाइ सरे पनि नेपाली चलचित्रमा अभिनय गर्न नछुटाउनुहोला । 

शम्भु वाग्ले

उत्कृष्ट कलाकारहरू पुरस्कृत हुनु राम्रो कुरा हो (एनएफडीसी एवार्डमा अनमोल र बेनिशा उत्कृष्ट) । आगामी दिनमा अझ सशक्त चलचित्र हेर्न पाइयोस् । 

इन्दिरा ओली

हाँसोको मुहान त आफैंभित्र हुन्छ (मंगल होस् : हाँसोको मुहान खोज्दै जाँदा–१) बाहिरको खुसी त केही दिनका लागि मात्र हो । आमनेपालीले भोगिरहेका कथा लेख्नुभएकोमा मनोजजीलाई धन्यवाद ।

विकल्प गैरे

कार्टुन्ज क्रुकी आश्मा विश्वकर्माका बारेमा धेरै कुरा जान्न पाइयो (संगीत : कार्टुन्ज क्रुकी आश्मा) । सुरुमा परिवारले उहाँको कामलाई नबुझे पनि पछि बुझ्नुभएछ । यस्तो समस्या हरेकको घरमा हुन्छ । 

दीपेन्द्र बानियाँ

आफ्नो रुचिको पेसा अपनाउनु उपयुक्त हुन्छ (एसईईपछिका सौन्दर्य प्रतियागिताको क्रेज) । अरूको दबाब र करमा भन्दा आफ्नै स्वेच्छाले छनोट गरेको काममा उत्कृष्टता हासिल गर्न सकिन्छ । 

नवराज अधिकारी

काठमाडौं सहरका आफ्नै विशेषता छन् (यात्रा सन्दर्भ : सन्दर्भमा हाम्रो सहर) । यहाँको जीवनशैली, संस्कृति धेरैका लागि रोचक सावित हुन सक्छ । 

रमेश काफ्ले

अरूको नक्कल गर्नुभन्दा आफैंजस्तो भएर बाँच्नु उपयुक्त हुन्छ (युवा मन : कोही अरूजस्तै) । मोलिकतामै आफ्नो सुन्दरता एवं बौद्धिकता झल्कन्छ । अरूको नक्कल धेरै दिन टिक्दैन ।

प्रज्वल ढुंगेल

प्रकाशित :वैशाख ३०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्