धनकुटामा ओरेन्ज सिटीको अवधारणा

- नरेन्द्र बस्नेत

वैशाख २९, २०७५

सुन्तलाको राजधानीका रूपमा परिचित प्रदेश नम्बर–१ को पूर्वी पहाडी जिल्ला धनकुटा बजार क्षेत्रको माथिल्लो कोप्चे र तल्लो कोप्चे घरहरूमा सुन्तला रङ पोतिएका छन् ।

नगरपालिकाको वडा नम्बर–५ का ती घरलाई मौलिक बनाउने उद्देश्यका साथ सुन्तला (ओरेन्ज) रङ लगाइएको हो भने धनकुटाको टुँडिखेलमा समेत सुन्तला रङ पोतिएको वडा नम्बर–५ का वडाध्यक्ष धनबहादुर राईले बताए ।

धनकुटा नेपालकै सबैभन्दा राम्रो गुणस्तरको सुन्तला फलाउने जिल्ला भएकाले ती क्षेत्रका घरमा विम्बात्मक रङका रूपमा सुन्तला रङ प्रयोग गरिएको उनले बताएका छन् । भलादमी रङ अनि धनकुटा सुन्तलाको राजधानी भएका कारण त्यहाँका घरमा सुन्तला रङ प्रयोग गरिएको राईको तर्क छ ।

 

प्रकाशित :वैशाख २९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्