सुरु भयो छक्कापञ्जा ३

- साप्ताहिक संवाददाता

वैशाख २८, २०७५

कलाकार दिपकराज गिरी र दिपाश्री निरौलाको नयाँ चलचित्र ‘छक्कापञ्जा ३ को छायाँकन’ प्रारम्भ भएको छ । बैशाख २८ गते बिहान भक्तपुरस्थित सुर्यविनायक मन्दिरमा पुजाआजा गर्दै सोही ठाउँको वरपरबाट छायाँकन सुरु गरिएको हो । मुर्हतमा बरिष्ठकलाकार हरिवंश आचार्यले टिमलाई फिल्म सफल होस् भन्दै आशिष दिए । 

छक्कापञ्जा ३ को छायाँकन राजधानी आसपास सहित चित्लाङ, दमौली र बाग्लुङमा गरिने निर्देशक दिपाश्री निरौलाले बताइन् । ४५ दिनमा सुटिङ सक्ने योजना बनाएका छौं, तेश्रो पटक निर्देशनमा उत्रिएकी दीपाश्रीले भनिन्, दर्शकले चुनौती थपिदिनु भएको छ । 

टिम मिलेर राम्रो चलचित्र बनाउने प्रयास गर्छौं । यता अभिनेता, लेखक तथा निर्माता दिपकराज गिरीले छक्कापञ्जा ३ मा अभिनेत्री दीपिका प्रसाईंको आगमन बारे प्रष्ट्याए । कथाले मागेपछि हाम्रो टिममा दीपिकाको आगमन भएको हो, दीपकले भने, दर्शकले पनि छक्का पञ्जामा नयाँ जोडी हेर्न चाहिरहनु भएको थियो । 

आमा सरस्वती मुभिज प्रा.लि तथा आइएमईको प्रस्तुती रहेको चलचित्र छक्कापञ्जा ३ मा दीपकराज, दीपिकासँगै जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, निर शाह, किरण केसी, शिवहरी पौडेल, जयनन्द लामा, अनुरागमान सिंह कुावर, शिशिर राणा, शिशिर वाग्देल, लक्ष्मी गिरी, शारदा गिरी, बसन्त भट्ट, पुष्प खड्का र प्रियंका कार्कीले शिर्ष भूमिकामा रहेर अभिनय गर्ने छन् । 

जीतु नेपाल र केदार घिमिरे कार्यकारी निर्माता रहेको चलचित्रमा सुमन गिरी भान्जा, किरण केसी, शिवहरी पौडेल, पुरुषोत्त मप्रधान, ताराचन्द्र बजगाई दीपेन्द्र खनिया र केशव न्यौपाने निर्माताको रुपमा छन् । 

चलचित्रमा अर्जुन पोखरेल र दीपक शर्माको संगीत रहनेछ भने छायाँकन पुरुषोत्तम प्रधानले गर्नेछन् । छक्कापञ्जा ३ को कथा दिपकराज गिरीको हो । संवाद लेखनमा दिपकसँग जीतु नेपाल, केदार घिमिरे र यामन श्रेष्ठले सहकार्य गरेका छन् । 

 

 

प्रकाशित :वैशाख २८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्