Teej banner

रोडम्यानले मध्यस्थता गर्ने

- साप्ताहिक संवाददाता

वैशाख २८, २०७५

बास्केटबलका चर्चित खेलाडी डेनिस रोडम्यान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उत्तर कोरियाका शासक किम जोङका साथी मानिन्छन् । रोडम्यानले धेरै पटक किमको निमन्त्रणामा उत्तर कोरियाको भ्रमण गरिसकेका छन् । भ्रमणका क्रममा उनले डोनाल्ड ट्रम्पलाई राम्रोसँग चिनून् भनेर पुस्तकका रूपमा आएको उनको जीवनी किमलाई प्रदान गरेका छन् । अमेरिका र उत्तर कोरियाबीच तनाव बढेपछि उनी उत्तर कोरिया पुगेकै हुन्छन् । 

रोडम्यानले आफूले यी दुई नेतालाई वार्तामा ल्याउन प्रयास गरिरहेको बताएका छन् । हालै टिएमजेडलाई अन्तवार्ता दिँदै रोडम्यानले आफूले उनीहरूलाई वार्ताका लागि तयार गर्न सक्ने बताए । डेनिसले भने— यसका लागि आवश्यक कूटनीतिक प्रयास दुवै देशका सरकारहरूले गरे पनि व्यक्तिगत रूपमा मेरो प्रयास पनि जारी रहनेछ । उनको यो भनाइ आएलगत्तै किम र डोनाल्ड ट्रम्पबीच वार्ता हुने चर्चासमेत चल्न थालेको छ ।

प्रकाशित :वैशाख २८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्