मरिश्काको लम्फू

- साप्ताहिक संवाददाता

वैशाख २८, २०७५

निर्देशक : गोपालचन्द्र लामिछाने  कलाकार : कबिर खड्का, सलोन बस्नेत, मरिश्का पोखरेल संगित : अर्जुन पोखरेल

निर्माण प्रारम्भ भएदेखि नै आक्रामक प्रचार–प्रसारमा ओर्लिएको चलचित्र लम्फू आज शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ । यो चलचित्रमा केही समय पहिले तरकारीवाली नामले भाइरल भएकी युवती कुसुम श्रेष्ठले अभिनय गरेकाले पनि चर्चामा छ । यद्यपि चलचित्रको ट्ेरलरमा कुसुमलाई खासै फोकस गरिएको छैन । 

काठमाडौं तथा बाहिरका जिल्लामा समेत छायांकन गरिएको चलचित्र लम्फूका गीत तथा ट्ेरलरबाट यो चलचित्र हास्यव्यंग्यात्मक रहेको अनुमान गर्न सकिन्छ । कविर खड्का, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई, आयन खड्का, ओम गुरुङ, अजित लामिछाने आदिले अभिनय गरेको लम्फूमा एक युवाको जीवनमा आइपर्ने विभिन्न उतारचढावको कथा समेटिएको छ । 

समय–परिस्थितिले मानिसलाई कहिले सकारात्मक त कहिले नकारात्मक बनाउँछ भन्ने कुरा प्रस्तुत गर्ने चलचित्र लम्फू पपुलर मल्टिमिडियाका लागि शक्तिबल्लभ घोरासैनीले निर्माण गरेका हुन् ।

प्रकाशित :वैशाख २८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्