बैशाख २८ देखि जेठ ३ गतेसम्मको राशिफल

- रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख २८, २०७५

वैशाख २८ गते : अपरा एकादशी व्रत

वैशाख २९ गते : विश्व नर्स दिवस

जेठ १ गते : अन्तर्राष्ट्रिय परिवार दिवस, मुसलमान सम्प्रदायको एकमहिने रमजान प्रारम्भ

जेठ २ गते : अधिकमास प्रारम्भ 

जेठ ३ गते : विश्व दूरसञ्चार दिवस । 

मेष 

विशिष्टजनको सल्लाहमा गरिएका कार्य सफल हुनेछन । भूमि खरिद–बिक्रीमा नोक्सान हुनेछैन । राजनैतिक भेटघाटका कारण मनोबल उच्च रहनेछ । शारीरिक श्रमका कारण स्वास्थ अनुकूल रहला । साहित्यिक कार्यक्रमहरूमा सहभागी हुने अवसर जुट्नेछ । सप्ताहन्तमा अध्ययन–अध्यापनमा अवरोध सिर्जना हुनसक्छ ।   

वृष 

अन्यौलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ । होसियारीपूर्वक गरिएका कार्यबाट पर्याप्त आर्थिक लाभ लिन सकिनेछ । रोजगारीका अवसर प्राप्त हुनेछन् । विश्वास पात्रलाई वचन दिँदा होसियारी अपनाउनुहोला । सरोकार नभएका विषयले फजुल खर्च बढाउनेछन् । साताको अन्त्यमा भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्न सक्छ ।  

मिथुन 

साताको प्रारम्भमा असहयोग गर्नेहरू सहयोगका हात फैलाउन तत्पर हुनेछन् । मनलाई दरिलो बनाएर गरिएको निर्णय आफ्नै हितमा हुनेछ । नयाँ काम हात पार्दा लगानी गर्नेहरूको ओइरो लाग्नेछ । गणेशजीको आराधनाले कार्य सिद्धि गर्न सहयोग पुर्‍याउनेछ । साताको अन्त्यतिर सामाजिक भेटघाटले प्रतिष्ठा बढाउनेछ । 

कर्कट 

पहिलेका कमजोरीहरू सच्याउँदै बिग्रिएको सम्बन्ध पुन: सुमधुर बनाउन सकिनेछ । अरूको मन जितेर सजिलै सहयोग जुटाउन सकिएला । अध्ययन–अध्यापनमा ध्यान केन्द्रित हुनेछ । आध्यात्मिक चिन्तनले समाजसेवातर्फ प्रेरित गर्नेछ । काम देखाएर धेरैको प्रशंसा बटुलिएला । प्रतिस्पर्धीहरूलाई पछि पार्दै विशेष कामको जग बसाउन सकिनेछ ।

सिंह 

अभिभावकको सुझाव अनुसरण गर्दा लक्ष्य प्राप्त गर्न सकिनेछ । नसोचेको अवसर आइलाग्ने सम्भावना छ । नयाँ अवसरले थप मेहनतको अपेक्षा गरेको छ । आफ्नो सफलताप्रति श्रीमती वा प्रेमिकाको भूमिका महत्वपूर्ण हुनेछ । सप्ताहन्तमा अपाङ्ग तथा वृद्धवृद्धालाई मन तथा धनले सहयोग गरी प्रतिष्ठा आर्जन गर्न सकिन्छ । 

कन्या

स्वदेशमै धन आर्जन गर्ने अवसर जुटे पनि लगानी गर्ने विषयमा दुविधा हुनेछ । पुरुषार्थ गर्न सके अप्ठ्यारा समस्या सुल्झाउँदै व्यवसायलाई नयाँ उचाइमा पुर्‍याउन सकिनेछ । परिस्थितिसँग सम्झैता गर्दा मन खिन्न हुन सक्छ । बुधबारपछिका दिन रमाइला हुनेछन् ।

तुला  

मेहनतले राम्रो अवसर प्रदान गर्नेछ । अभिभावकको प्रेरणाले मन दह्रो हुनेछ । दुराग्रह राख्नेहरूले आफ्नो कमजोरीको फाइदा उठाउन सक्छन् । भौतिक साधनले अरूको मन लोभ्याउन सकिनेछ । प्रेमिकाहरूले विविध उपहार प्रदान गर्ने सम्भावना छ । अरूको योगदानप्रति बेवास्ता गर्नु नै आफ्नो हितमा हुनेछैन । भ्रमणमा निस्कने अवसर जुर्नेछ ।   

वृश्चिक

प्रात: ब्रह्ममुहूर्तमा उठी इश्वर स्मरणसहित योग गर्नाले मानसिक तनाव एवं थकान निर्मूल हुनेछ । कठोर परिश्रम गर्ने समय आएको छ । दिन–प्रतिदिन नजिकिँदो अवसर तथा चुनौतीलाई परास्त गर्न थप समय दिनुपर्ने देखिन्छ । अभिभावकको सल्लाह मुताबिक चल्न सके समस्याबाट मुक्त रहन सकिनेछ । 

धनु  

साता मध्यम तवरले बित्नेछ । विदेश यात्रासम्बन्धी कार्य दु्रतगतिमा सम्पन्न गर्नु बढी प्रभावकारी हुन्छ । मन मिल्ने साथीको सुझाव पालना गर्नु फाइदाजनक हुनेछ । मंगलबारपछिका दिनमा समय बढी प्रभावकारी भै, प्रतिष्ठा एवं पदोन्नतिको अवसर सहज रूपमा हात पार्न सकिनेछ । 

मकर 

बलजफ्ती गर्दा परिस्थिति अनुकूल नहुन सक्छ । सहकर्मीहरूले काममा अवरोध सिर्जना गर्ने रणनीति अपनाउन सक्छन् । जुक्ति–बुद्धि लगाउँदा काममा अधिकार जमाउन सकिएला । विशेष जमघटको फाइदा उठाउन अभिभावकहरूको सुझाव मनन गर्नुहोला । प्रयत्न गरे लक्ष्यमा पुग्न सकिनेछ । रमाइलो भेटघाटमा स्वादिष्ट भोजनको आन्नद उठाउन पाइनेछ । 

कुम्भ 

आर्थिक व्यवहारमा कन्जुस्याइँ गर्ने मित्रहरूले समयको समेत उपेक्षा गर्नेछन् । पूर्वतर्फको यात्राले थप अवसर दिलाउनेछ । मनोरञ्जन गराउने मित्रहरूले अपजसको भागी बनाउन सक्छन् । विभिन्न काम तर्जुमा गर्नुपर्ने अवस्था आइलाग्न सक्छ । सवारी साधन चलाउँदा विवेक पुर्‍याउनुहोला । 

मीन 

चौतर्फी सहयोग जुट्ने हुँदा आर्थिक संकट पर्नेछैन । शक्तिशाली व्यक्तिहरूसँगको भेटघाटमा नौला कुरा सिक्न पाइनेछ । प्रेमिकाको सहयोग तथा सद्भावबाटै उचाइमा पुग्न सकिनेछ । खराब आचरण भएकाहरूबाट टाढा रहनुमै आफ्नो कल्याण छ । अध्ययनका क्रममा विदेश भ्रमण हुन सक्छ । विभिन्न प्रतियोगितामा सफलता हात लाग्नेछ ।

 

प्रकाशित :वैशाख २८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्