गर्मीमा अभिनेत्री ऋचा

  • ऋचा शर्मा, अभिनेत्री

- महेश तिमल्सिना

वैशाख २७, २०७५

 

पहिरन 

म पहिरनमा खासै ध्यान दिन्न । गर्मीमा हल्का पहिरन लगाउँछु । हल्कामा पनि सिफन, लेनन तथा कटनका पहिरन निकै मन पर्छन् । त्यस्तै म स्कर्ट पनि लगाउन रुचाउँछु । अहिले आफ्नो साइजभन्दा केही ठूलो साइजको पहिरन लगाउने फेसन आएको छ । मलाई पनि यस्तै पहिरन मन पर्छ । त्यसैले यसपालि गर्मीमा म यही फेसनमा फोकस हुने सोचमा छु । म पहिले–पहिले बाहुला नभएका पहिरन लगाउँथे तर गर्मी मौसममा घामले हात–पाखुरा डढ्न थालेपछि पूरै बाहुला भएको पहिरन लगाउन थालेकी छु । 

एक छाकमात्र भात खान्छु 

गर्मी मौसममा खानपानमा केही अरुचि हुन्छ, तर पनि म बिहान एक छाक भात खान्छु । बेलुकाचाहिँ सलाद, सुपजस्ता हल्का खानेकुरा खान्छु । दिउँसो लस्सी, आइसक्रिम, आँपको लेदोको बरफ बनाएर खान्छु । म जाडो होस् वा गर्मी दुवै मौसममा पानी अत्यधिक पिउँछु । विशेष गरी कागती, पुदिना, जीवनजल आदि मिसाइएको पानी पिउँछु । 

कालो रङको पहिरन कम प्रयोग गर्छु 

कपडाको रङले अनुहारमा पनि असर पार्ने भएकाले म विशेष गरी कालो रङका पहिरन कमै मात्रामा प्रयोग गर्छु । म गर्मी मौसममा विशेष गरी रंगिचंगी पहिरन प्रयोग गर्छु । मलाई सेतो, पहेंलो तथा गुलाफी रंगका पहिरन मन पर्छन् । 

जुत्ता 

गर्मी मौसममा म प्राय: खुला जुत्ता लगाउँछु भने धेरैजसो स्यान्डल प्रयोग गर्छु । 

एसेसरिज खासै प्रयोग गर्दिनँ

गर्मी मौसममा एसेसरिज खासै प्रयोग गर्दिनँ । पसिना आउँछ भनेर घडी पनि लगाउँदिन । मैले गर्मीमा लगाउने भनेको कानमा एयररिङ मात्र हो । 

मेकअप 

म गर्मी मौसममा सन स्किन प्रयोग गर्छु । यदि कतै कार्यक्रममा जानुपर्‍यो भने सामान्य मेकअप गर्छु ।

प्रकाशित :वैशाख २७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्