मेन अफ दी वल्र्ड नेपाल

- साप्ताहिक संवाददाता

वैशाख २७, २०७५

 

पुरुष सौन्दर्यमा आधारित ‘मेन अफ दी वल्र्ड नेपाल’को आयोजना हुने भएको छ । यो प्रतियोगीता जुम इन इभेन्टले आयोजनागर्न लागेको हो । 

प्रतियोगीताको अन्तिम प्रतिस्पर्धाका लागि बुटवल, बिराटनगर, धरान र चितवनमा अडिसन भै सकेको आयोजकले जनाएको छ ।  काठमाडौंमा भने आगामी वैशाख ३० र ३१ गते अडिसन हुने भएको छ ।

अन्तर्राष्ट्रिय स्तरमा पुरुष मोडलहरुको क्षमताको विकास गर्न तथा नेपाली युवा मोडलहरुलाई अन्तर्राष्ट्रिय स्तरमा लैजाने उद्देश्यले यो प्रतियोगीताको आयोजना गरेको कार्यक्रमका सिओ विमल परियारले जानकारी गराए । ‘म्यान अफ द वल्र्ड २०१८’ को फाइनल २०७५ असारको पहिलो साता हुने छ । 

प्रकाशित :वैशाख २७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्