विवाह गर्न चाहन्छन् धवन
वैशाख २७, २०७५
बलिउड अभिनेता वरुण धवन आफ्नो जीवनप्रति निकै गम्भीर छन् । हालै धवनका सम्बन्धमा एउटा खबर बाहिरिएको छ । यी लोकप्रिय अभिनेता केही समयदेखि नताशा दलालसँगको प्रेम सम्बन्धमा छन् र उनैसँग विवाह गर्न चाहन्छन् ।
स्रोतका अनुसार उनले यही वर्षको अन्तिमसम्ममा विवाह गर्ने सम्भावना छ । वरुणको परिवार विवाहको गुपचुप तयारीमा समेत जुटिसकेको बताइन्छ । विवाहपछि वरुण र नताशा परिवारसँग छुट्टिएर बस्ने समेत समाचारमा उल्लेख छ ।
वरुणले केही समयअघि मात्र आफ्ना लागि एउटा घर किनेका छन् । यो पनि हुन सक्छ, वरुणले चाँडै बलिउडमा फैलिएको यो हल्लाका बारेमा टिप्पणी गरून् ।
प्रकाशित :वैशाख २७, २०७५



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्