गर्मीमा खानपान

- साप्ताहिक संवाददाता

वैशाख २६, २०७५

 

 गर्मीमा पसिना बढी आउने भएकाले डिहाइड्रेसन हुनसक्छ, त्यसका लागि झोल कुरा प्रशस्त मात्रामा सेवन गर्नुपर्छ । 

 

 गर्मीमा शरीर डिहाइड्रेसन हुन नदिन तथा फुर्तीका लागि जुस, मोही, दही, लस्सी वा कागती पानी पिउन सकिन्छ । 

 

 यो मौसममा चिया, कफीका अतिरिक्त ग्रिन टी पिउनु उपयोगी हुन्छ । 

 गाजर, काँक्रा, तरबुजा, मेवा आँप खानु पनि स्वास्थ्यका दृष्टिले फाइदाजनक छ । यी फलफूलले शरीरमा शीतलता प्रंदान गर्छन् । 

 

 बिहान केरा खाँदा तौल बढ्दैन, केराबाट प्रशस्त मात्रामा पोटासियम तथा आइरन प्राप्त हुन्छ । 

 दिउँसो फलफूल, सलाद तथा जुस खान सकिन्छ । राति पनि हल्का खाना खानुपर्छ । खाना खाएपछि केही समय यताउता हिँडडुल गर्नु उपयुक्त हुन्छ ।

प्रकाशित :वैशाख २६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्