हङकङमा साकेलाको रौनक

- अनोज रोक्का

वैशाख २५, २०७५

आधुनिक शहर हङकङमा बसोबास गर्ने किरातहरुले उभौली पर्व धुमधामका साथ मनाएका छन् । हङकङकै अग्लो स्थान ताईमोसानमा परम्परागत भेषभूषामा सजिएका किरातीहरुले एकसाथ साकेला (चण्डी नाच) नाचेका थिए । सोई ढोले सोई, अर्को ढोले खोई, भन्दै ढोल, झयाम्टाको संगितमा तालमा ताल मिलाएर युवा, बालबालीका, बृद्धबृद्धा गोलबद्ध भएर नाच्दा वातावरण रंगिन बनेको थियो ।

प्रकृति पुजक किरातीहरुको अत्यधिक बसोबास रहेको हङकङमा संस्कृतिप्रति यसरी अपनत्व भाव राख्नु नै खुसीको कुरा हो, कामको ब्यस्तता अनि आधुनिकताको जडमा आफैलाई विर्सने अवस्थामा यो अत्यधिक उपस्थितीले हामी हर्षित छौ अध्यक्ष हरिचन्द्र राई बताउँछन् । हङ्कङको माटोमा हुर्किदै गरेका नयाँ पुस्तालाई संस्कृतीको हस्तान्तरणका लागि पनि यस्ता पर्वहरु महत्वपूर्ण रहेको उनी बताउँछन् । 

किरात राई यायोक्खा हङकङको आयोजनामा सम्पन्न साकेला नाचमा मौलिक परिकारको स्वादसँगै गैह् किरात समुदायको पनि उल्लेखय उपस्थित थियो ।  

वैशाख पूर्णिमामा मनाइने उाभौलीमा वर्षायाम लाग्न लागेकोले अन्नबाली समयमै रोपेर कुनै किसिमको अनिष्टबिना थन्क्याउन पाइयोस् भन्ने कामना गरिन्छ । 

 

प्रकाशित :वैशाख २५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्