चिसियो सम्बन्ध

- साप्ताहिक संवाददाता

वैशाख २५, २०७५

नयाँ वर्षको पूर्व सन्ध्या पारेर प्रदर्शनमा आएको चलचित्र ‘लिलिबिली’ व्यवसायिक रूपमा सफल त भयो, तर चलचित्रको सफलतासँगै यसका कलाकार तथा प्राविधिकहरूबीच मनमुटाव सिर्जना भएको बताइन्छ । चलचित्र प्रदर्शनमा आएको केही दिनमै चलचित्रका निर्देशक मिलन चाम्ससँग उक्त चलचित्रका अभिनेता प्रदीप खड्का, अभिनेत्री जसीता गुरुङ तथा निर्माता गोविन्द शाही टाढिएको अनुभव गरियो । 

प्रदीप, जसीता तथा शाहीसँग निर्देशक चाम्सको सामान्य कुराकानीसमेत नभएको देखियो । एनएफडिसी एवार्ड वितरण समारोहमा जम्काभेट हुँदा प्रदीप र मिलनले हात समेत मिलाएनन् । निर्देशक चाम्सले त चलचित्रकी अभिनेत्री जसीतासँग आफूले गरेको फोन नउठाएको गुनासोसमेत गर्न भ्याए । यी सबै घटनाक्रमका बीच वास्तविकता जान्ने प्रयास गरियो । यद्यपि दुवै पक्षले आफूहरूबीच सामान्य सम्बन्ध रहेको दावी गर्न छाडेका छैनन् । 

वास्तवमा निर्देशक चाम्सको आगामी चलचित्रका लागि प्रदीपले समय उपलब्ध गराउन नसक्ने भएपछि उनीहरूबीच सामान्य मनमुटाव भएको बताउनेहरू पनि छन् । प्रदीप भने उक्त कुरा अस्विकार गर्छन् । यता प्रदीप र शाहीले नयाँ चलचित्रमा सहकार्य गर्ने तथा त्यसमा चाम्स नरहने भएपछि उनीहरूको सम्बन्ध थप बिग्रिएको हो भन्नेहरू पनि छन् । 

प्रकाशित :वैशाख २५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्