गर्मी चर्किएका बेला के गर्न मन लाग्छ ?
वैशाख २५, २०७५
म गर्मी चर्किएको समयमा धेरै बाहिर निस्कन्नँ । एसी चलाई कोठाभित्रै टेलिभिजन हेरेर बस्न मन लाग्छ ।
पुष्प खड्का, अभिनेता
आइसक्रिम खान र स्वीमिङ गर्न मन लाग्छ ।
सञ्चिता लुइँटेल, अभिनेत्री
शीतलता प्रदान गर्ने रूख जस्तै : वर, पीपल, समी, निम आदिको छहारीमा बसेर लेखपढ गर्न मन लाग्छ । अहिले म धेरैजसो काठमाडौँमा बस्छु । यहाँखासै चौताराअनि रूख छैनन् । काठमाडौँमा चितवनको जस्तो गर्मी हुँदैन, त्यसैले कोठामै बसेर पढ्न निकै मज्जा लाग्छ ।
अमर न्यौपाने, साहित्यकार
गर्मी चर्कंदा छहारीमा बस्न मन लाग्छ । सम्भव भयो भने पौडी खेल्न पनि गैरहेको हुन्छु, धेरै गर्मी चर्किएको समयमा पहाडतिर हावा खान निस्कन्छु ।
नवयुग श्रेष्ठ, फुटबलर
धेरै गर्मी भयो भने सम्भव भएसम्म तीन पटकसम्म चिसो पानीले नुहाउन मन लाग्छ ।
जितु नेपाल, अभिनेता
गर्मी चर्किएका बेला मलाई बाहिर निस्कन मन लाग्दैन, बरु कोठामा बसेर पढ्न रमाइलो लाग्छ ।
सरिता गिरी, नाट्यकर्मी
म गर्मी–जाडो दुवै पचाएको मान्छे हुँ, तर अत्यधिक गर्मी भयो भने शीतल छहारी खोज्छु ।
शम्भुजित बाँस्कोटा, संगीतकार
विशेष गरी चिसो ठाउँमा जान र चिसो चिज खान मन लाग्छ । अत्यधिक गर्मी भयो भने लङ ड्राइभ जाँदा पनि रमाइलो हुन्छ ।
प्राश्ना शाक्य, गायिका
मलाई अमिलो असाध्यै मन पर्छ, त्यसैले गर्मी चर्किएपछि विशेष गरी निबुवा साँधेर खान मन लाग्छ अनि शीतल छहारीमा बसेर विभिन्न कल्पना गर्दा आनन्द आउँछ ।
इन्दु भण्डारी, मोडल
गर्मीमा डाँडातिर गएर बस्न मन लाग्छ, जसमध्ये नगरकोट म गैरहने ठाउँ हो ।
स्वरूप राज आचार्य, गायक
मलाई त चिसो खान र स्वीमिङ जान मनलाग्छ ।
रश्मि तन्डुकार, फेसन डिजाइनर
गर्मी चर्किएका बेला सबैले खोज्ने भनेको चिसो ठाउँ नै हो । म धेरै गर्मी भयो भने छहारीमा गएर बस्छु । त्यस्तै, भ्याएसम्म स्वीमिङ पनि जान्छु । यदि धेरै गर्मी छ भने प्राय:जसो घरमै बस्न मन लाग्छ ।
वर्षा शिवाकोटी, अभिनेत्री
धेरै गर्मी भयो भने शान्त ठाउँमा गएर बस्न मन लाग्छ ।
विनोद न्यौपाने, अभिनेता
मलाई पानीमा रुज्न मन लाग्छ । त्यसका साथै आइसक्रिम खान, स्वीमिङ गर्न र हरियाली भएको ठाउँमा जान पनि निकै रमाइलो लाग्छ ।
रिमा विश्वकर्मा, अभिनेत्री
जति गर्मी चर्किए पनि म त डान्स गर्न रुचाउँछु । यसमै आनन्द आउँछ ।
सरोज अधिकारी, मोडल
मलाई बाहिर निस्कन फिटिक्कै मन लाग्दैन । त्यसले सकेसम्म एसी अथवा पंखाको मुनि बस्न मनलाग्छ ।
वर्षा राउत, अभिनेत्री
म चिसो ठाउँ खोज्दै हिँड्छु । अत्यधिक मात्रामा गर्मी भयो भनेचाहिँ प्राकृतिक छहरामा नुहाउन मन लाग्छ, तर तत्कालै त्यो सम्भव हुँदैन ।
टंक बुढाथोकी, गायक तथा संगीतकार
घरमा भएँ भने वानपिसमा बस्न मन लाग्छ । बाहिर छु भने छिनछिनमा कोल्ड ड्रिंक्स खान रुचाउँछु ।
रामजी खाँड, लोक गायक
टन्न पानी खान मन लाग्छ । अर्को कुरा मलाई स्वीमिङ गर्न आउँदैन, तैपनि पानीमा बसिरहन मन लाग्छ । आशिफ शाह, अभिनेता
मलाई जाडोभन्दा गर्मी मन पर्छ । शरीरमा गर्मीको मात्रा कम गर्न अत्यधिक मात्रामा पानी पिउन मन लाग्छ । त्यस्तै समय मिलेसम्म बेलाबेला स्वीमिङ पनि गैरहेको हुन्छु ।
स्वस्तिमा खड्का, अभिनेत्री
शीतल ठाउँ खोज्छु, चिसो पानीले नुहाउँछु ।
जयकिसन बस्नेत, अभिनेता
एसीमा बस्न मन लाग्छ, भनौँ भने आफ्नो भाग्यमा त्यो छैन । त्यसैले चिसा खानेकुरा खान र शीतलमा बस्न मन लाग्छ । पौडी खेल्न पनि हुन्थ्यो तर आउँदैन ।
प्रदीप भट्टराई, निर्देशक
प्रकाशित :वैशाख २५, २०७५



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्