दुई उपाधि
वैशाख २४, २०७५
गत साता राजधानीमा सम्पन्न ‘लिटिल प्रिन्स एण्ड प्रिन्सेस’ तथा टिन ‘प्रिन्सेस् डिभा २०१८’को उपाधि नमन मित्तल र सुप्रिया महर्जनले उचालेका छन् ।
आठौँ संकरणको उक्त प्रतियोगीतामा शुसान्त सुवेदी प्राप्या पोखरेल फस्ट रनर अप तथा जेनिश श्रेष्ठ र प्राश्ना गिरी सेकेन्ड रनर अप बन्न सफल भएका छन् ।
लिटिल विधामा ९ देखि १२ वर्ष उमेर समूहका २१ बालबालिकाले प्रतियोगीतामा भाग लिएका थिए । सोही मञ्चमा सम्पन्न १३ देखि १५ वर्ष उमेर समूहका टिनएजर लक्षित तेस्रो संस्करण टिन प्रिन्सेस् डिभा तर्फ वेष्ट ड्रेसको अवार्ड सहित रोशिका निरौला उपाधि विजेता बन्न सफल भइन् ।
प्रतियोगितामा ट्यालेन्ट अवार्ड सहित महिमा बज्राचार्य फस्ट रनर अप तथा आईशा राई सेकेन्ड रनर अप घोषणा भएका थिए । प्रतियोगिता रेडियन्ट इभेन्ट म्यानेज्मेन्ट एजेन्सीको ब्यानरमा राज फैंजुको कोरियोग्राफी अन्तर्गत संचालन भएको थियो ।
प्रकाशित :वैशाख २४, २०७५



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्