केकीको स्विकारोक्ति

- साप्ताहिक संवाददाता

वैशाख २४, २०७५

अभिनेत्री केकी अधिकारीका लागि पछिल्लो साता सहज रहेन । आफैंले निर्माण गरेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ एउटा हिन्दी चलचित्रबाट नक्कल गरिएको समीक्षा प्रकाशित भएपछि केकी तनाबमा समेत आइन् । कमल हसन तथा मनिषा कोइराला अभिनित मुम्बई एक्सप्रेसको कथा र कोहलपुर एक्सप्रेसको कथा, पटकथा तथा संवाद उस्तै भएपछि छापा तथा अनलाइनमा केकीमात्र होइन निर्देशक विशाल भण्डारीको समेत आलोचना भैरहेको छ । 

प्रियंका कार्कीदेखि कुशाग्र भट्टराईसम्मका कलाकारको अभिनय उत्कृष्ट रहे पनि कथा नक्कल गरिएकाले चलचित्रले चर्को आलोचना खेप्नुपरेको हो । आलोचना बढ्दै गएपछि चलचित्र प्रदर्शन भएको तेस्रो दिन निर्मात्री अधिकारीले मुख खोलिन् । उनको भनाइ छ– ‘हिन्दी चलचित्रको नक्कल भन्नु गलत हो, प्रभावित भएको कुराचाहिं साँचो हो ।’ 

केकी चलचित्रको क्रेडिट लाइनमै ‘इन्स्पायर्ड बाइ मुम्बई एक्सप्रेस’ लेखिएको बताउँछिन् । निर्देशक भण्डारीले भने आफ्नो निर्देशनको पहिलो चलचित्र भएकाले मेकिङमा केही कमजोरी भएको स्वीकार गर्दै नक्कल भनिएको कुरामा असहमति जनाए । 

प्रकाशित :वैशाख २४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्