गर्मीमा अभिनेत्री नीता

  • नीता ढुंगाना, अभिनेत्री

- महेश तिमल्सिना

वैशाख २४, २०७५

 

पहिरन 

म विशेष गरी शरीरलाई सहज हुने पहिरन लगाउँछु । मलाई पाइन्ट, लङ वन पिस तथा सर्ट मन पर्छ । त्यस्तै, पार्टीतिर जाँदा साडी, लेहेंगा, गाउन तथा वन पिस लगाउँछु । यो गर्मीमा पाइन्ट र सर्ट प्रयोग गर्ने सोच बनाएकी छु । 

सेतो र हरियो रङ निकै मनपर्छ 

म प्राय: रंगिचंगी पहिरन नै प्रयोग गरिरहेको हुन्छु । व्यक्तित्वमा पहिरनको ठूलो भूमिका हुन्छ । कालो र खैरो रंगका कपडाले गर्मी बढाउने हुँदा त्यति प्रयोग गर्दिनँ । मलाई सेतो र हरियो रङ असाध्यै मन पर्छ । 

खानपानमा विशेष ध्यान दिन्छु 

गत वर्षको गर्मीमा खानपानमा ध्यान नदिँदा धेरै बिरामी भएँ । त्यसैले यो वर्ष खानपानमा विशेष ध्यान दिन्छु । खाना एकदमै कम खान्छु । पानी तथा जुस प्रसस्त पिउँछु । माछामासु एकदमै कम खान्छु । सागसब्जी तथा फलफूलमा जोड दिन्छु । सफ्ट ड्रिक्स कम पिउँछु बरु कागती पानी पिउँछु । 

जुत्ता 

बाहिर हिँड्दा म चप्पल नै प्रयोग गर्छु, तर कुनै लामो यात्रामा जाँदैछु भने स्पोर्ट्स सुज लगाउँछु । म 

हिल भएको जुत्ता लगाउदिनँ, प्राय: स्लिपर नै प्रयोग गर्छु, जसले मलाई सहज बनाउँछ । 

एसेसरिज किन्छु मात्र 

मलाई घडी, औँठीहरू किन्न 

असाध्यै मन लाग्छ, तर लगाएर हिँड्न मन लाग्दैन । 

मेकअप 

बाहिर हिँड्दा नर्मल मेकअप गर्छु । जाडोको तुलनामा गर्मीमा त्यति मेकअप नगर्नु पर्ने भएकाले नर्मल रूपमै प्रस्तुत हुन्छ ।

प्रकाशित :वैशाख २४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्