मिस बम–बममा तेस्रोलिंगी

- एजेन्सी

वैशाख २३, २०७५

ब्राजिलमा वार्षिक रूपमा आयोजना हुने मिस बमबममा यस पटकदेखि तेस्रोलिङ्गीहरूलाई पनि प्रवेश दिइएको छ । प्रतियोगितामा विविधता ल्याउने आयोजकहरूको घोषणापछि यो वर्षको मिस बमबममा दुई जना तेस्रो लिङ्गी २७ वर्षीया पाउला ओलिभिएरा तथा २८ वर्षीया जियोभाना स्पिनेलीले प्रवेश पाएका छन् । 

२७ जना प्रतिस्पर्धी रहेको यसपटकको प्रतियोगिताको छनौटमा परेका युवतीहरूको स्विमसुट फोटोसुट गरेर आगामी विश्वकपका लागि समर्पण गरिएको थियो । अप्रिलदेखि अनलाइन भोटिङ हुने यो प्रतियोगिताको फाइनल नोभेम्बर महिनामा हुनेछ । 

आयोजकहरूले प्रतियोगिताका अन्य नियम पनि खुकुलो बनाउँदै लगेपछि यो वर्ष ४२ इन्चभन्दा सानो पुठ्ठा भएका युवतीहरूले प्रतियोगितामा सहभागिता जनाएका छैनन् । यो प्रतियोगिताका लागि ठूलो पुठ्ठा चाहिने हुनाले धेरैजसो सहभागीले सिलिकन सर्जरी गरेर आफ्नो पुठ्ठालाई ठूलो बनाउने गरेका थिए । 

प्रकाशित :वैशाख २३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्