फुटबल हेर्न महिला गए

- साप्ताहिक संवाददाता

वैशाख २३, २०७५

इरानमा अझै पनि महिलालाई पुरुष फुटबल प्रतियोगिता हेर्न प्रतिबन्ध छ । सन् १९७९ मा भएको इस्लामिक क्रान्तिपछि त्यहाँका महिलाहरूलाई रंगशालामा प्रवेश गरेर फुटबल हेर्न प्रतिबन्ध लगाइएको थियो । यो नियम तोड्न महिलाहरूले धेरै पटक प्रयास गरे पनि अपेक्षाकृत सफलता प्राप्त गर्न सकेका छैनन्, जसका कारण महिलाहरू पुरुष भेषमा सुरक्षाकर्मीलाई छलेर रंगशालामा प्रवेश गर्ने प्रयास गरिरहेका हुन्छन् ।

 पक्राउ परे कठोर सजाय पाइने त्यस्तो प्रतिबन्धलाई बेवास्ता गर्दै हालै ५ जना महिला रंगशाला पुगेर फुटबल हेर्न सफल भएका छन् । इरानको पर्सियन गल्फ प्रो लिग प्रतियोगिताको फाइनल खेल हेरेको तस्बिर सामाजिक सञ्जालमा अपलोड भएपछि उनीहरूको सफलताले चर्चा पाएको हो । 

तेहरानको आजादी रंगशालामा पर्सेपोलिस टिमलाई समर्थन गर्न महिलाहरू टिसर्ट लगाएर, पुरुषको जस्तै देखिने नक्कली केश र दाह्री–जुँगामा पुगेका थिए । रंगशालामा फुटबल हेर्दै खिचेको सेल्फी, ग्रुप फोटो तथा भिडियोलाई उनीहरू आफैंले सामाजिक संजालमा अपलोड गरेका हुन् ।

प्रकाशित :वैशाख २३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्