स्पोर्ट्स कारमा परिवर्तन हुने रोबोट

- साप्ताहिक संवाददाता

वैशाख २३, २०७५

जापानका इन्जिनियरहरूले ६० सेकेन्डभित्र स्पोर्ट्स कारमा परिवर्तन हुने रोबोट निर्माण गरेका छन् । यो एक प्रकारको रियल लाइफ ट्रान्सफर्मर हो । दुईजना बस्न मिल्ने यो कारलाई जे–डेइट राइड नाम दिइएको छ । नीलो र सेतो रङको यो रोबोट एक घण्टामा सय मिटरमात्र चल्न सक्छ, तर कारका रुपमा भने यो ३० किलोमिटर प्रतिघण्टाको गतिमा दौडन्छ । कारलाई रिमोट र ड्राइभिङ सिटमार्फत नियन्त्रण गर्न सकिन्छ ।

ब्रेव रोबोटिक्स कम्पनीका मुख्य कार्यकारी अधिकारी केनजी शिडाले बाल्यकालका फिल्मी हिरो ट्रान्सफरमरबाट प्रभावित भएर आफूले त्यस्तै रोबोट बनाएको बताएका छन् । यो रोबोट ३ दशमलव ७ मिटर अग्लो छ ।

यो रोबोट मनोरञ्जन उद्योगको हिस्सा बन्नेछ । यो प्रोजेक्टमा सन् २०१३ देखि नै काम भैरहेको थियो । सुरुमा ३ दशमलव ५ फिटको रोबो कार बनाइयो । यो प्रोजेक्टको डेटलाइन सन् २०२० थियो, तर समयअघि नै यसको निर्माण सम्पन्न भएको छ ।

प्रकाशित :वैशाख २३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्