बितेका कुरा

- साप्ताहिक संवाददाता

वैशाख २२, २०७५

बितेका कुरा

पोखरा थिएटरको प्रस्तुतिमा नाटक बितेका कुरा मञ्चन हुने भएको छ । रुपनारायण सिंहले लेखेको यो नाटकलाई परिवर्तन कार्कीले निर्देशन गर्दैछन् । यो नाटकबाट पुराना रंगकर्मी प्रकट पंगेनी शिव रंगमञ्चमा फर्कंदैछन् ।

यसैगरी दिलप्रसाद गुरुङ, रमेश तिमिल्सिना, प्रसुना भण्डारी, बबिता मल्ल ठकुरी, शरद भण्डारी, सूर्य सुवेदी, धुर्व पौडेल, रोशन ज्ञवाली, सौरभ तिमिल्सिना, सम्झना सिर्पाली, सिमरन आदिले समेत यो नाटकमा अभिनय गर्नेछन् ।  झन्डै डेढ घण्टा लामो यो नाटक जेठ ३ गतेदेखि १९ गतेसम्म पोखरा थिएटरको गन्र्धव नाटकघरमा मञ्चन हुनेछ । 

कुरुप हाँस

मण्डला नाटकघरमा वैशाख २८ देखि नाटक कुरुप हाँसमञ्चन हुने भएको छ । यो नाटकको कन्सेप्ट डेनमार्कका लेखक हान्स क्रिश्चिष्न एन्ड्रेसनको ‘अग्ली डक्लिङ’ नाटकबाट लिइएको हो जसलाई नाजिर हुसेनले निर्देशन गरेका छन् ।

जेठ २० गतेसम्म मञ्चन हुने नाटक कुरुप हाँसमा नाजिर हुसेन, विजया कार्की, किरण श्रेष्ठ, मिलन कार्की, बिनिता गुरुङ, विक्रम श्रेष्ठ आदि कलाकारले अभिनय गर्ने छन् । १ घण्टा ५ मिनेट लामो यो नाटक हरेक दिन ५:३० मा मञ्चन हुनेछ भने शनिबार नाटकको अतिरिक्त शो हुने बताइएको छ ।  

प्रकाशित :वैशाख २२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्