सुन भित्र्याउने योजनाकार पत्ता नलाग्नु रहस्यमय छ

- साप्ताहिक संवाददाता

वैशाख २२, २०७५

घटनाको यति दिन बितिसक्दा पनि अझै सुन भित्र्याउने योजनाकार पत्ता नलाग्नु रहस्यमय छ (फ्रन्टपेज : सुनको पासो) । आगामी अंकमा यसको थप घटना क्रमलाई पनि स्थान दिइयोस् ।

शेखर कार्की

सकेसम्म छोरी मान्छेले गर्भपतन नगर्नुहोला (यौन जिज्ञासा र समाधान : के गर्भपतनले बाँझोपन गराउँछ ?) । गर्भ बस्नुभन्दा अघि पर्याप्त होस पुर्‍याउनुपर्छ । डाक्टरको सल्लाहअनुसार अस्थायी साधन प्रयोग गर्नुपर्छ । मैले देखेका केसअनुसार गर्भपतनपछि गर्भ रहन गार्‍हो हुन्छ । कतिपयको त आजन्म बाँझोपन भएको पनि देखें । त्यसैले सकेसम्म गर्भपतन नगरौं । एकातिर भ्रुणहत्याको पाप, अर्कातिर स्वास्थ्यलाई हानि ।

नयना ठकुरी

सिन्डिकेट खारेज गरेर के गर्नु, त्यही रुटमा अर्काे खाली गाडीले आउँदा–आउँदै यात्रु हालेको देख्न नसकेर अगाडिको गाडी चालकले उक्त गाडी चालकलाई पिटौंलाझैं, मारौंलाझैं गर्दा रहेछन् (साइबर फिडब्याक) । वास्तवमा भन्ने हो भने एउटा गाडी चालकले अर्काे गाडी चालकप्रति गर्ने दुव्र्यवहार पनि हटाउनु जरुरी छ । नत्र ठूला कुरा फलाकेर मात्र के अर्थ ?

बोधनाथ पौडेल 

नेपालमा कृषिको प्रशस्त सम्भावना छ (समय सन्दर्भ : बेरोजगार भविष्य र हाम्रा सन्तति) । आधुनिक तरिकाले खेती गर्ने हो भने त्यसै भोकै बस्नु पर्दैन । न त नेपालीहरूले बिदेसिनु नै पर्छ । नेपालमा यस्ता थुपै्र क्षेत्र छन्, जहाँ कामदारहरूको अझै कमी छ । 

दानबहादुर रजौरे

जीवन डरमा बाँचेको छ सुबिनजी (युवा मन : डर) । हो, हामी नचाहिने कुरामा हिम्मत देखाउँछौं । चाहिने कुरामा डराउँछौं । यो बानी भने सुधार्न सकिएन । 

गोविन्द पौडेल

सरल र सहज भाषाशैलीमा गम्भीर विषयवस्तुको उठान गर्ने लेखकप्रति साधुवाद (मुक्त आकाश : थुइक्क हाम्रो बुद्धि !) । एकदम राम्रो लेखका लागि धेरै–धेरै धन्यवाद । 

प्रनिष गिरी, उत्तम बजगाईं 

जीवन कार्की

अन्य खेलको तुलनामा जुडोमा उल्लेख्य प्रगति नभएको पाइयो (खेलकुद : नेपालले धेरै सिक्न बाँकी) । जुडोप्रति ठूलो क्रेज पनि देखिँदैन । नेपाल र बाहिर हुने प्रतिस्पर्धाहरूमा हाम्रा खेलाडीहरूले जित हात पारून् । 

दीपक ढुंगाना

एउटा फोटोले फेरिएको जिन्दगी (हिरो छान्दै तरकारीवाली कुसुम) । मानिसलाई समयले नसोचेको ठाउँमा पुर्‍याउँछ । 

डिल्ली लिम्बू

म नम्रता श्रेष्ठको ठूलो प्रशंसक हँु (नम्रताको चरित्र) । उनी सुन्दर र प्रतिभाशाली छिन् । 

राकेशमान मिश्र

फेसबुक फन्डा रमाइलो लाग्यो । 

निरज भुजेल

सानो देश पनि कसरी समृद्ध बन्न सक्छ भन्ने उदाहरण हो, सिंगापुर (तथ्य–सत्य महँगा सहरहरू) । खासगरी तेस्रो विश्वले सिंगापुरबाट धेरै कुरा सिक्न सक्छ । 

सुवास खरेल

सुरक्षा मामिलामा चीन एकदमै संवेदनशील छ (पत्याउनुहुन्छ ?) । राष्ट्रिय सुरक्षा शैक्षिक संग्रहालयले पनि त्यही नीति अपनाएको होला । 

विष्णु आचार्य

बेलायती रेस्टुराँको कस्तो अनौठो समाचार (चिकेनकरीसँग विवाह प्रस्ताव) ? चिकेनकरीसँग पनि विवाह प्रस्ताव राख्न मिल्दो रहेछ ?

पदम तमु

यो कार्यक्रम राम्रो लाग्यो (पोखरामा पुस्तक साटासाट) । अन्य गाउँ–सहरतिर पनि यस्तै प्रकारका कार्यक्रम सञ्चालन गर्नु उपयुक्त हुन्छ । 

सुरेश सुब्बा

साजिद जीलाई बधाई छ (मिस इन्टरनेसनलमा साजिद) । म्यानमारमा नेपालको उपस्थिति बलियो होस् । तपाईंलाई सफलता मिलोस् ।

विनोद अमात्य

अभिनेता बन्न चाहने नेताहरूका बारेमा पढ्दा रमाइलो लाग्यो (प्रसंग : अभिनेता बन्न चाहने नेताहरू) । साप्ताहिकमा यस्तै रोचक लेख पढ्न पाइयोस् । 

सुशीला काफ्ले

प्रकाशित :वैशाख २२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्