अडानमा कायम अनमोल

- साप्ताहिक संवाददाता

वैशाख २२, २०७५

 

अभिनेता अनमोल केसीले आफ्ना हरेक चलचित्रमा नयाँ–नयाँ अभिनेत्रीसँग अनस्क्रिन रोमान्स गर्ने अदृश्य अडानलाई आजको मितिसम्म कायमै राखेका छन् । फ्लोरमा जान लागेको आफ्नो नयाँ चलचित्र ‘क्याप्टेन’ मा पनि उनी दुई नयाँ अनुहारसँग देखिनेछन् । 

ड्रिम्समा साम्राज्ञी राज्य लक्ष्मी शाह, जेरीमा आना शर्मा, गाजलुमा सृष्टि केसी अनि कृमा अदिति बुढाथोकीसँग अनस्क्रिन रोमान्स गरेर दर्शकको मन जितेका अनमोलले क्याप्टेन भने उपासना सिंह तथा प्रियंका एमभीसँग रोमान्स गर्ने निश्चित भएको छ । 

भुवन केसीले निर्माण गर्ने यो चलचित्रको निर्देशन दीवाकर भट्टराईले गर्दैछन् । चलचित्र क्याप्टेन फुटबल खेलमा आधारित हुने तथा अनमोलले फुटबल खेलाडीको भूमिका निर्वाह गर्ने बताइएको छ । 

प्रकाशित :वैशाख २२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्