डान्स फर डोल्पा

- साप्ताहिक संवाददाता

वैशाख २१, २०७५

डान्स गर्न रुचाउनुहुन्छ ? भोलि शनिबार डान्स म्याराथुन इभेन्टको आयोजना हुँदैछ । यो कार्यक्रमले मनोरन्जन मात्र होइन, उपल्लो डोल्पाका बालबालिकाहरुका लागि शैक्षिक एवं पठनपाठनका अन्य सामग्रीमा समेत सहयोग पुर्‍याउनेछ । यो कार्यक्रममा सरिक हुँदा नाचगानसहित समाजसेवाको काममा पनि योगदान पुग्नेछ । 

आयोजक : रोट्रयाक्ट क्लब अफ पिपल्स क्याम्पस तथा रोट्रयाक्ट क्लब अफ न्युरोड सिटी काठमाडौं

समय : साँझ ७ : ३० देखि राति १० : ३० बजेसम्म

प्रवेश शुल्क : प्रतिव्यक्ति ३ सय रुपैयाँ तथा ५ जनाको समूहमा आउँदा प्रतिव्यक्ति २ सय ५० रुपैयाँ ।

पुरानो कीर्तिपुरको 

झ–झल्को

तपाईंलाई हाम्रो इतिहास जान्न मन छ वा ऐतिहासिक तस्बिरहरू हेर्न मन छ भने भोलि तस्बिर प्रदर्शनीमा सहभागी हुन सक्नुहुन्छ । विभिन्न समयमा फरक–फरक व्यक्तिले खिचेका कीर्तिपुरका सयवटा ऐतिहासिक तस्बिर उक्त प्रदर्शनीमा राखिनेछन् । प्रदर्शनीमा पृथ्वीनारायण शाहले तेस्रो पटक कीर्तिपुर हमला गरेर युद्ध जितेपछिका 

स्केचहरूसमेत हेर्न सकिन्छ । त्यतिबेला नेपाल घुम्न आएका विदेशी पर्यटकहरूले गरेका स्केच तथा विभिन्न कालखण्डमा खिचिएका तस्बिरहरू पनि प्रदर्शनीमा राखिनेछन् । यी तस्बिर विभिन्न स्रोत, पुस्तक, पुस्तकालय तथा फोटोग्राफरहरूबाट संकलन गरिएका हुन् ।

आयोजक : इन्द्रायणी परिवार क्लब

स्थान : उमामहेश्वर मन्दिर, (क्वाचो) कीर्तिपुर हाइट समय : बिहान १० देखी साझ ६ बजेसम्म ।

प्रकाशित :वैशाख २१, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्