ग्ल्यामरस गर्मी

  • गर्मी र ग्ल्यामरको के सम्बन्ध छ ?

- साप्ताहिक संवाददाता

वैशाख २१, २०७५

गर्मी र ग्ल्यामरको के सम्बन्ध छ ?

गर्मीमा छोटा लुगा लगाउँदा शीतल हुने भएर होला । छोटा लुगा लगाएपछि ग्ल्यामरस त भैहाल्यो नि । 

बादल प्रसाईं, गायक

गर्मीमा कम र पातला पहिरन लगाइन्छ । जसको शरीर आकर्षक छ उनीहरूका लागि यो शारीरिक सुन्दरता दर्साउने मौसम पनि हो । जहाँ सुन्दरता छ त्यहाँ ग्ल्यामर छ तर भल्गर होइन । 

राजेश हमाल, अभिनेता 

गर्मीमा पातला र छोटा पहिरन लगाउँदा कम्फर्ट हुन्छ र त्यसैमा प्रस्तुत हुनुपर्छ । स्वभाविक रूपमा पहिरन छोटो र पातलो हुनासाथ ग्ल्यामरस त देखिने भैहाल्यो नि ।

शिल्पा पोख्रेल, अभिनेत्री

दुइटै ‘ग’ बाट आउँछन् ।

जेविका कार्की, अभिनेत्री

गर्मीमा अलिकति खुल्ला पहिरन लगाएर हिँड्ने भएर यसलाई ग्ल्यामरसँग जोडिएको हो कि ? 

अनिता आचार्य, अभिनेत्री

शरीरले खुलापन खोज्ने भएकाले होला नि । 

आलोक श्री, संगीतकार

मलाई लाग्दैन गर्मी र ग्ल्यामरसँगै जोडिएको हुन्छ । ग्ल्यामर भनेको हेराइ, सोचाइ तथा क्रिया–प्रतिक्रियामा भर पर्ने कुरा हो । मानिसको सोच छोटा लुगामा ग्ल्यामर हुन्छ भन्ने छ तर यो सुरुमा आँखाबाट झल्कने कुरा हो, त्यसपछि हाउभाउ तथा बोलीको कुरा आउँछ । यी कुरा भएपछि आफुलाई सुहाउने सामान्य पोसाकमा पनि ग्ल्यामर झल्कन्छ । 

गजित विष्ट, निर्माता

गर्मीमा मौसम खुला हुन्छ र सबै खालका रङ गर्मीमै खुल्छन् । गर्मीमा मानिस मात्र होइन, प्रकृति नै ग्ल्यामरस लाग्छ । निलो आकाश, हरियो फाँट, पानीले सिनित्त पखालिएपछिको हिमाल सबै त्यसै ग्ल्यामरस देखिन्छन् । 

सरस्वती प्रतीक्षा, साहित्यकार

यतिबेला मौसम नै गरम हुन्छ । यस्तो गरम मौसममा महिलाहरूले अलिकति छोटा अनि सहज हुने खालका पहिरन लगाउँछन्, त्यही भएर यी दुई कुरालाइ जोडिएको होला । 

सारिका घिमिरे, अभिनेत्री

विश्वका बढी गर्मी हुने स्थान

दश्ते लुट, इरान

इरानको दश्ते लुट सबैभन्दा बढी ग्राउन्ड तापक्रम भएको स्थानका रूपमा सूचित छ । सन २००३ देखि २००९ सम्म लिएको तापक्रम ७० दशमलव ७ डिग्री सेल्सियससम्म मापन गरिएको छ ।

डेथ भ्याली, अमेरिका

क्यालिफोर्नियाको मरुभूमिको तापक्रम ५६ दशमलव ७ डिग्रीसम्म मापन गरिएको छ । यहाँको औसत तापक्रम ४७ डिग्री सेल्सियससम्म पुग्ने 

गरेको छ ।

अजिजियाह, लिबिया 

अजिजियाह लिबियाको पूर्व राजधानी जाफराभन्दा २५ सय माइल दक्षिणमा छ । यहाँको तापक्रम पछिल्लो ९० वर्षको रेकर्डमा सबैभन्दा गर्मी स्थानका रूपमा नापिएको छ । सामान्यत: त्यहाँ गर्मीको मध्य समयमा तापक्रम ४८ डिग्री सेल्सियससम्म पुग्छ । 

बाडी हाल्फ, सुडान

यो स्थानको औसत तापक्रम पनि ४१ डिग्री सेल्सियस रहँदै आएको छ । त्यहाँ हालसम्म सबैभन्दा बढी तापक्रम ५३ डिग्री सेल्सियससम्म पुगेको रेकर्ड छ ।

नेपालका बढी गर्मी हुने सहर

नेपालगन्ज 

नेपालगन्ज नेपालकै सबैभन्दा बढी गर्मी हुने सहर हो । गत वर्ष यहाँको तापक्रम ४१ डिग्री सेल्सियससम्म तापक्रम पुगेको थियो ।

भैरहवा

भैरहवाको गर्मी मौसमको औसत तापक्रम ३६ देखि ३८ डिग्रीसम्म पुग्ने गरेको छ ।

 

वीरगन्ज

वीरगन्ज पनि बढी गर्मी हुने सहर हो । यहाँ गर्मी मौसममा औसत ३६ डिग्री सेल्सियससम्म तापक्रम मापन हुने गरेको छ । 

 

जनकपुर

जनकपुरमा गर्मी मौसमको औसत तापमान ३६ डिग्री सेल्सियस हुने गरेको छ । यहाँको तापमान ४० डिग्रीसम्म पुग्ने गरेको छ । 

 

विराटनगर

विराटनगरलाई पूर्वी नेपालकै गर्मीको राजधानीका रूपमा लिइन्छ । यहाँको उच्च तापक्रम ४० डिग्रीभन्दा माथि पुगेको रेकर्ड छ । 

काठमाडौं कति गर्मी ?

काठमाडौंमा पछिल्ला तीन वर्षमा सर्वाधिक गर्मी भएको समय ६ जुन २०१५ हो । उक्त दिन काठमाडौंको तापक्रम ३५ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभागको रेकर्डमा उल्लेख छ । त्यसभन्दा अघि ३१ जुन २०१२ मा ३५ दशमलव २ डिग्री सेल्सियस पुगेको थियो भने १९९८ मा काठमाडौंको तापमान सबैभन्दा बढी मापन गरिएको थियो । त्यतिबेला उपत्यकाको तापक्रम ३६ दशमलव ६ डिग्री पुगेको थियो । अहिले काठमाडौंको औसत तापक्रम २९–३१ डिग्री सेल्सियसलाई मानिन्छ । जुन बितेको दशकको तुलनामा केही बढी हो ।

 

प्रकाशित :वैशाख २१, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्