शनिबार फिमेल राइड डे

- साप्ताहिक संवाददाता

वैशाख २१, २०७५

भोलि शनिबार बाह्रौँ  इन्टरनेसनल फिमेल राइड डे मनाइँदैछ । उक्त अवसरमा काठमाडौंको  बालुवाटारस्थित मोटो हिमालयबाट प्रारम्भ भएर महिला स्कुटर राइडरहरूको र्‍याली खोकना पुग्नेछ । खोकनामा विभिन्न प्रकारका खेल तथा अन्तक्र्रियाको आयोजना गरिनेछ । त्यसैगरी त्यहाँ राइडर्स युनिफाइडले बाइक स्टन्टसमेत गर्नेछ । 

प्रत्येक वर्ष मे महिनाको पहिलो शनिबार इन्टरनेसनल फिमेल राइड डे मनाइन्छ । संसारको जुनसुकै स्थानमा भए पनि महिलाहरू पनि मोटरसाइकल वा कुनै पनि सवारी साधन चढ्न र त्यसमा रमाउन चाहन्छन् र यस्तो चाहना पूरा गर्नुपर्छ भन्नेसन्देश यो दिवसले दिन्छ ।

पोखरामा योग खेलकुद 

पोखरामा आज शुक्रबार दोस्रो दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता प्रारम्भ हँुदैछ । नेपाल योग खेलकुद संघद्वारा आयोजित यो प्रतियोगिता वैशाख २३ गते आइतबारसम्म चल्नेछ ।

प्रतियोगितामा ७ मुलुकका करिब २ सय ७० देखि ३ सय महिला तथा पुरुष खेलाडीको सहभागिता रहनेछ भने पर्यवेक्षकका रूपमा जर्मनी, आयरल्यान्ड, स्लोभानिया, दक्षिण अफ्रिका र थाइल्यान्डबाट समेत १२ जना अन्तर्राष्ट्रिय पर्यवेक्षक नेपाल आउनेछन् ।

कर्मा कफीमा युरोपियन म्युजिक

युरोपियन लोक संगीत सुन्न कत्तिको रुचाउनुहुन्छ ? त्यसो हो भने आज तीन जना नेपाली संगीतकारले नर्बेजियन, आइरिस, जर्मन र फ्रेन्च गीत–संगीतको धुनमा तपाईंलाई झुमाउनेछन् । नर्बेजियन कम्पोजर इगिल स्टोरबेक्केन आकषर्णको केन्द्र बन्नेछन् । यो कार्यक्रममा ४५ मिनेटको अवधिमा पर्याप्त रमाइलो गर्न सकिनेछ ।

स्थान : कर्मा कफी नेपाल, झम्सिखेल, ज्ञानमण्डल

समय : ५:३० देखि ७:३० बजेसम्म

सांगीतिक साँझ

भोलि शेर्पा कलाकार बृहत सांगीतिक साँझ आयोजना हुँदैछ ।

स्थान : रामनगर पार्टी भेन्यु, बौद्ध

समय : २ बजे

प्रकाशित :वैशाख २१, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्