आजबाट डमरुको डन्डिबियो

- साप्ताहिक संवाददाता

वैशाख २१, २०७५

 

निर्देशक : छेतन गुरुङ

कलाकार : खगेन्द्र लामिछाने, मेनुका प्रधान तथा अनुप बराल

संगीत : कालीप्रसाद बासकोटा

आज शुक्रबारदेखि चलचित्र डमरुको डन्डिबियो प्रदर्शनमा आउँदैछ । यो चलचित्रको मुख्य भूमिकामा पशुपति प्रसादका अभिनेता खगेन्द्र लामिछाने भएकाले पनि बहुप्रतिक्षित भएको छ । लोपोन्मुख राष्ट्रिय खेलको विषयमा बनेको यो चलचित्रमा बुद्धि तामाङ, लक्ष्मी बर्देवा, अंकित खड्का, नमिता घिसिङ आदि कलाकारले समेत महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । 

चलचित्रमा खगेन्द्रले डन्डिबियो खेलको जगेर्नाका लागि गरेको संघर्षको कथा देखाएको छ । समृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र डमरुको डन्डिबियोमा विनोद गुरुङ तथा सुमी श्रेष्ठ घलेको लगानी छ । चलचित्रको कथा खगेन्द्रले नै लेखेका हुन् । यो चलचित्रलाई प्रितम पाण्डेले सम्पादन गरेका हुन भने हरि हुमागाईं यसका छायाँकार हुन् ।

प्रकाशित :वैशाख २१, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्