Teej banner

लम्फुको वियोग सार्वजनिक

- साप्ताहिक संवाददाता

वैशाख २०, २०७५

यहि बैशाख २८ गतेबाट अल नेपाल रिलिजको तयारीमा रहेको चलचित्र ‘लम्फू’को नयाँ गीत सार्वजनिक भएको छ । प्रमोद खरेलको स्वर रहेको ‘तिमीलाई भुलेर’ बोलको सार्वजनिक गीतमा अर्जुन पोखरेलको संगीत तथा युवराज सापकोटाको शब्द रहेका छन् ।

रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियोमा चलचित्रका प्रमूख दुई कलाकार कबिर खड्का र मरिष्का पोखरेल फिचरिङ्ग छन् । गीतमा उनीहरु पीडामा देखिएका छन् । हालसम्म रोमान्टिक गीत सार्वजनिक गरेको चलचित्रले वियोगको गीत सार्वजनिक गरेको हो । गीतको भावअनुसार चलचित्रमा वियोगको कथा पनि जोडिएको छ भन्ने अनुमान लगाउन सकिन्छ ।

‘लम्फू’मा कबिर खड्का, मरिश्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई(बालकलाकार), आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुंग, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की, थमन सिंह पुर्जा लगायतको अभिनय रहेको छ । यस चलचित्रमा तरकारीवालीको नामले संसारभर प्रख्यात कुशुम श्रेष्ठको पनि अभिनय रहेको छ ।

 

तिमीलाई भुलेरको भिडियो :

प्रकाशित :वैशाख २०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्