गोपीमा खगेन्द्र र सुरक्षाको जोडी

- साप्ताहिक संवाददाता

वैशाख २०, २०७५

 

आरोही इन्टरटेनमेन्टको ब्यानरमा चलचित्र ’गोपी’ निर्माण घोषणा भएको छ । यो चलचित्रले देशमै केही गर्न सकिन्छ र गर्छु भन्ने पात्रको जीवनमा आइपर्ने पारिवारिक, सामाजिक र नीतिगत अड्चनका बाबजुद उसले कसरी सफलता हात पार्छ भन्ने मूल कथाबस्तुलाई उठान गर्ने बताईएको छ । 

‘कठिन परिस्थिति र जटिल परिवेश हुँदाहुँदै पनि बर्तमान समयमा स्वदेशमै सपनाको खेति गर्ने युवालाई यो चलचित्रले प्रेरणा दिने निर्माण यूनिटको दाबी छ । 

दीपेन्द्र लामाको कथा र निर्देशन, सामिप्यराज तिमल्सिनाको पटकथा तथा श्रीधर पौडेल कार्यकारी निर्माता रहेको चलचित्र आरोही केसीले निर्माण गर्न लागेकी हुन । 

चलचित्रमा खगेन्द्र लामिछाने, सुरक्षा पन्त, अंकित खड्का, प्रकाश घिमिरे लगायतका कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गर्ने छन् । 

प्रकाशित :वैशाख २०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्