मनको थैली

- साप्ताहिक संवाददाता

वैशाख २०, २०७५

नेपाली लोक गायनमा बेग्लै पहिचान बनाएका गायक राजन ठकुरी यतिबेला अमेरिका पुगेका छन् । उनी अमेरिका उडेको लामो समय भैसकेको छैन् । तर, सिर्जनालाई देश र भूगोलले छेक्दैन । ठकुरीले अमेरिकाबाटै पञ्चेबाजामा आधारित गीत सार्वजनिक गरेका छन् । 

‘मनको थैली’ बोलको सार्वजनिक गीतमा ठकुरीका साथमा बमबहादुर बयक र देवी घर्ती मगरले स्वर दिएका छन् । गीतमा राजनकै लय तथा शब्द रहेको छ । 

हमाल म्युजिकका सज्जन हमालले निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा विवस ठकुरी र विनु खड्काले अभिनय गरेका छन् । भिडियोमा  शम्भु चालिसेको छायांकन तथा सुजन शाहीको सम्पादन रहेको छ ।

मनको थैलीको म्यूजिक भिडियो :

 

 

प्रकाशित :वैशाख २०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्