सूचना दिवसमा प्रभातफेरी

- साप्ताहिक संवाददाता

वैशाख १९, २०७५

राष्ट्रिय सूचना तथा संचार प्रबिधि दिवसको उपलक्ष्यमा नेपाल सरकारको आयोजना र क्यान महासंघको  सहआयोजनामा बुधवार प्रभातफेरीको आयोजना भएको छ ।

 

प्रत्येक बर्षको मे २ तारिखमा मनाईने यो दिवस आज सम्पन्न भएको थियो । भृकुटीमण्डपवाट शुरु भएको प्रभातफेरी  शहिदगेट, नयाँसडक, बसन्तपुर परिक्रमा गरि भृकुटीमण्डपमा आएर समापन भएको थियो । 

प्रभातफेरी कार्यक्रममा नेपाल सरकारका प्रतिनिधिहरु, क्यान महासंघका पदाधिकारीहरु, सूचना प्रविधिको क्षेत्रमा अध्यापन गराउने क्याम्पस एवं बिद्यार्थीहरु  एवं सुचना प्रविधिसँग सम्बन्धित बिभिन्न संघसंस्थाहरु सहभागिता रहेको थियो । 

प्रकाशित :वैशाख १९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्