नर्सिङ आइडल सुनिशा
वैशाख १९, २०७५
नर्सिङ आइडलको यो वर्षको उपाधि सुनिशा बिष्टले उचालेकी छिन् । उनले आफ्ना १६ प्रतिस्पर्धिलाई पछि पार्दै प्रतियोगीताको शिर्ष उपाधि उचालेकी हुन् ।
अमेजन इन्टरटेन्मेन्ट प्रा.लि.को ब्यानरमा नर्सिङ पेशामा आबद्ध र नर्सिङ विषय अध्ययनरत महिलाको सौन्दर्य केन्द्रित प्रतियोगितामा उनले मोस्ट इन्टेलिजेन्ट विधाको अवार्ड पनि आफ्नो नाममा सुरक्षित बनाइन् ।
प्रतियोगितामा वेष्ट स्माइल सहित सुजिता खत्री फस्ट रनर अप तथा वेष्ट क्याटवाक अवार्ड सहित जेनिशा थापा सेकेन्ड रनर अप विजेता बन्न सफल भए ।
कविना श्रेष्ठ पङ्चुएल अवार्ड सहित मोस्ट पपुलर विधाको ताज पहिरिन् । उक्त प्रतियोगीता हिमानी सुब्बाको कोरियोग्राफीमा सम्पन्न भएको हो ।
प्रकाशित :वैशाख १९, २०७५



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्