मजदुरका कविता

- साप्ताहिक संवाददाता

वैशाख १९, २०७५

 

मंगलबार दिनभर जसो राजधानीका सडकहरुमा विभिन्न प्लेकार्ड सहित मजदुरका पक्षमा जुलुस चलिरह्यो । विभिन्न संघ–संस्था तथा सरकारी कार्यालयका कर्मचारीहरु सडक नै जाम हुने गरी जुलुसमा सरिक हुँदै गर्दा राजधानीकै एक कुनामा कवि हेमन्त विवश भने मजदुरका कविता सुनाइरहेका थिए । भुइँमान्छेका कविता लेख्दै आएका डोट्याली कवि विवशले मजदुरका कथा, व्यथा र संर्घष समेटिएका करिव एक दर्जन कविता वाचन गरे । 

देशका विभिन्न स्थानमा एकल कविता वाचनमा सरिक हेमन्तका कविता राजधानीमा सुन्ने अवसर जुटाएको थियो–  छायाँछवी क्रियशनले । प्रत्येक महिना ‘काव्य शृङखला’ अन्र्तगत २ स्रष्टाका कविता र गजल प्रस्तुत गर्दै आएको संस्थाले सातौँ शृखलामा कवि हेमन्तलाई प्रस्तुत गरेको हो । ‘काव्य शृङखला’को यो यात्रामा कवि हेमन्तका साथमा गजल वाचनमा गजलकार सीता प्याकुरेल देखा परेकी थिईन् । 

कार्यक्रमको अन्त्यतिर संगीतकार बुलु मुकारुङ्ले भने ‘कवि विवशका कविता उत्कृष्ट लाग्यो’, ‘विम्ब, प्रतिक र भावनाका दृष्टिले उनका सबै कविता उत्कृष्ट छन् ।’ गजलकार प्याकुरेलले मायाप्रेमका १० वटा गजल वाचन गरेकी थिईन् । 

 

प्रकाशित :वैशाख १९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्