स्वादमा रमाए इब्राहिमोभिच

- साप्ताहिक संवाददाता

वैशाख १८, २०७५

युरोपमा लामो समयदेखि प्रोफेसनल फुटबल खेलिरहेका स्वीडेनका फुटबलर जाल्टान इब्राहिमोभिच अहिले अमेरिकाको एलए ग्यालेक्सि टिमसँग आबद्ध छन् । जाल्टानले एलएसँगको सम्झौतापछि खेलेका खेलहरूबाट राम्रो नतिजा निकाल्न सफल भएका छन्, जसका कारण उनी अमेरिकाको प्रोफेसनल फुटबलमा पनि आफूलाई स्थापित गराउने सुरमा छन् । 

युरोपियन फुटबलबाट अमेरिकी फुटबलको क्षेत्रमा छिरेका जाल्टान अमेरिकामा रमाउँछन् कि रमाउँदैनन् भनेर उनका प्रशंसकहरूबीच ठूलो चिन्ता थियो, तर जाल्टानले आफूलाई ब्रेभरी हिलमा रहेको विश्वकै चर्चित जापानी सेफ नोबु मात्सुहिसाको खानाले मोहित बनाएको कुरा पोस्ट गरेका छन् । 

आफू नोबुको पकवानको प्रशंसक रहेका कारण नियमित आइरहने समेत बताए । नोबुले बनाएको खानेकुरालाई अमेरिकामै पनि महँगो मानिन्छ ।  

प्रकाशित :वैशाख १८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्