गर्मीको खानपान

  • गर्मीका लागि आवश्यक घरेलु सामग्री

- साप्ताहिक संवाददाता

वैशाख १८, २०७५

 

 गर्मीमा बासी खानेकुरा खानु हुँदैन । यदि पकाएको खाना उब्रिएर पछि खानुपरे त्यसलाई राम्रोसँग फ्रिजमा राख्नुपर्छ । 

 

यो मौसममा सरुवा रोगका कीटाणु बढी सक्रिय हुने हुँदा पानीलाई उमालेर वा निर्मलीकरण गरेर मात्र पिउनुपर्छ ।

 

 गर्मीका कारण पसिना बढी आउने र घामले शरीरको पानी सोस्ने हुँदा झोल खानेकुरा पर्याप्त मात्रामा खानुपर्छ । 

 

खानासँग गेडागुडीको रस, फलफूल तथा सलाद खानु उपयुक्त हुन्छ । 

 

खानामा भन्दा गाँजर, गोलभेंडा, पालुंगो, काँक्रा, तरबुजा, मेवा, आँपजस्ता क्यालोरी कम भएका खानेकुरा उपयुक्त हुन्छन् । एसिडिटी भएकाहरूलाई पनि यस्ता फलफूल अनुकूल मानिन्छन् । 

 

बेलुकाको खानामा गहुँ, फापर वा कोदोको परिकार सेवन गर्नु उपयुक्त हुन्छ । खाने कुरामा हरियो सागसव्जीका साथै दूध पनि सेवन गर्न सकिन्छ । 

 

बेलुकाको खानापछि १० देखि १५ मिनेट खुल्ला ठाउँमा टहल्नु फाइदाजनक हुन्छ । 

 

गर्मीका फलफूल

आँप, आरुबखडा, तरबुजा, खरबुजा, वेल, केरा, अंगुर, मेवा, अमला, भुइँकटहर, काँक्रा आदि ।

 

पेय पदार्थ

सर्वत, लस्सी, लेमन सोडा, सातु, ताडी, बियर, ह्वाइट वाइन, फलफूलको जुस, कागती पानी, नरिवल पानी, दही, मही, माटाको भाडामा राखिएको पानी, गोला, आइसक्रिम, कुल्फी, जलजिरा आदि ।

 

गर्मीका लागि सागसब्जी

फर्सी, करेला, हरियो सिमी, लौका, पुदिना, रामतोरिया, परवर, कटहर, गोलभेंडा आदि ।

गर्मीका लागि आवश्यक घरेलु सामग्री

फ्यान, छाता, कुलर, रेफ्रिजेरेटर, आइस बक्स, एयर कन्डिसनर, जुसर आदि ।

 

प्रकाशित :वैशाख १८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्