निर्वस्त्र सफाइको माग

- एजेन्सी

वैशाख १८, २०७५

युरोपका केही मुलुकमा निर्वस्त्र भएर घरको सफाइ गर्ने कर्मचारीहरूको माग बढिरहेको छ । कतिपय कम्पनीहरूले निर्वस्त्र भएर सफाइ गर्न चाहने कर्मचारीहरूको आह्वान पनि गर्न थालेका छन् । 

गत वर्षको तुलनामा घर सफा गर्न लगाउने घरधनीहरूको स्वभावमा परिवर्तन समेत आउन थालेको छ । विगतका वर्षमा पातला युवतीहरू निर्वस्त्र भएर घर सफाइमा लागेकोमा अहिले घरधनीहरूले मोटाघाटा महिलाहरूको माग गर्न थालेका छन् । 

घरधनीहरू यस्ता सफाइ कर्मचारीलाई घण्टाको साढे ४ हजारदेखि साढे ६ हजार रुपैयाँसम्म तिर्न राजी छन् । पुरुष घरधनीहरू महिला कर्मचारी तथा महिला घरधनी पुरुष कर्मचारीलाई प्राथमिकता दिइरहेका छन् ।

प्रकाशित :वैशाख १८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्