निर्मात्रीको गुनासो

- साप्ताहिक संवाददाता

वैशाख १८, २०७५

कुनै बेला मोडलिङमा सक्रिय आश्मा घिमिरे यतिबेला आश्मा पाण्डेका रूपमा रजतपटमा फर्किएकी छिन्, त्यो पनि चलचित्र निर्मात्रीका रूपमा । आश्माले निर्माण गरेको पहिलो चलचित्र हो– ब्ल्याक । 

चलचित्रलाई नयाँपन दिन आश्माले एउटा नौलो प्रयोग गरिन्, आँचल शर्मालाई अभिनेता आकाश श्रेष्ठको जोडी बनाएर । प्रदीप श्रेष्ठको निर्देशन रहेको यो चलचित्रमा आश्माले आयुष रिजाल, सुशील क्षेत्री, धीरेन शाक्य, सुन्दर श्रेष्ठ जस्ता राम्रो ज्यान भएका पुराना अभिनेताहरूलाई पनि सशक्त भूमिकामा प्रस्तुत गराइन् । यतिबेला चलचित्र प्रदर्शनको संघारमा छ । 

त्यसक्रममा आश्माले केही यूट्युब च्यानललाई आफ्नो चलचित्रको छायांकनस्थलमै निम्त्याएर रमाइलो कुराकानी पनि गराइन् । यद्यपि सञ्चारकर्मीहरूले आफ्नो चलचित्रका मुख्य जोडी आँचल र आकाशको चर्चा गर्नुपर्नेमा पल र आँचलको जोडीमा केन्द्रित भएपछि आश्माको चित्त दुखेछ । आश्मा भन्दै थिइन्– ‘पहिलो पटक जोडी बाँधिएका आकाश र आँचलको जोडी पनि त उत्तिकै फिट छ नि, उनीहरूको पनि चर्चा गरिनुपर्ने होइन र ?’

प्रकाशित :वैशाख १८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्