लङ ट्वाइलेट जाँदा के सोच्नुहुन्छ ?

- साप्ताहिक संवाददाता

वैशाख १८, २०७५

म बिहान ट्वाइलेट बस्दा दिनभरि गर्नुपर्ने कामको तालिका बनाउँछु अनि हिजो गरेको काम सम्झन्छु । काम गर्दा कुनै गल्ती गरेको रहेछु भने सच्याउने प्रयत्न गर्छु, राम्रो काम गरेको रहेछु भने खुसी हुन्छु । 

सुरेन्द्र केसी, हास्यकलाकार 

अरू बेला इन्टरनेट चलाउन समय कम हुन्छ, त्यसैले म ट्वाइलेटमै इन्टरनेट चलाउँछु । 

बाबु बोगटी, गायक 

म बिहानको समयमा ट्युसन पनि पढाउँछु, जसले गर्दा बिहान सबेरै उठेर ट्वाइलेट जान्छु । ट्वाइलेट पस्नेबित्तिकै पहिले आज रातिको फुटबल म्याच कसले जित्यो भन्ने प्रश्न मनमा आउँछ अनि ट्वाइलेटमै बसेर त्यसको हाइलाइट हेर्छु । 

नरेश रेग्मी, नेता

दिनभरि गर्ने कामका बारेमा सोच्छु । गीत–संगीतमा रुचि भएकाले गीत पनि सुन्छु । 

विष्णु गौतम, फेसन डिजाइनर

खाने र फाल्ने समयमा आनन्द लिनुपर्छ । त्यसैले म पनि पूर्णत: रेस्ट गर्छु । 

अञ्जु पन्त, गायिका 

केही सोच्दिनँ । युट्युब र फेसबुक चलाउँछु । न्युजहरू हेर्छु । 

कुञ्जना घिमिरे, हास्यकलाकार 

भिडियो कन्सेप्टहरू सोच्छु । मेरो दोस्रो भिडियो ‘हेल्लो हनिबनी’ नितिन दाइले निर्देशन गर्नुभएको हो, तर त्यो भिडियोको कन्सेप्ट मैले ट्वाइलेटमै तयार पारेको थिएँ । 

पल शाह, नायक

ट्वाइलेट भनेको आनन्द लिने ठाउँ हो । त्यहाँ छिरेपछि फ्रेस भइन्छ । त्यसैले म ट्वाइलेट बस्दा दिनभरिको कार्यतालिकाका बारेमा सोचिरहेको हुन्छु ।

धीरज राई, गायक 

केही सोच्दिनँ । किनभने मोबाइल हातमा हुन्छ । 

कालिप्रसाद बाँस्कोटा, संगीतकार 

चलचित्रको स्टोरीका बारेमा सोच्छु भने कुनै दिनचाहिँ मोबाइलमा समाचार पढिरहेको हुन्छु । 

साम्तेन भुटिया, निर्देशक 

म सुटिङ हुन लागेको गीत ठूलो साउन्डमा बजाएर भिडियोको कन्सेप्ट सोच्छु । 

शंकर बिसी, मोडल तथा निर्देशक

गायक र ट्वाइलेटको अप्रत्यक्ष गहिरो सम्बन्ध हुन्छ । बाटोमा हिँडिरहेको समयमा केही नयाँ धुन अथवा शब्द फुर्‍यो भने मोबाइलमा रेकर्ड गर्छु अनि त्यसलाई ट्वाइलेट बसेका बेला सुनेर ठीक हुन्छ कि हुँदैन, निर्णय गर्छु । मेरा धेरैजसो गीत ट्वाइलेटमै भेरिफाई भएका छन् । 

हेमन्त शर्मा, गायक 

धेरैजसो मोबाइल चलाएर बसिरहेकी हुन्छु । त्यसैले केहि सोच्दिनँ । 

माल्भिका सुब्बा, मोडल 

प्राय: फेसबुक चलाएर बस्छु । फेसबुकमा केही स्टाटस अपलोड गर्छु अनि दिनभरि गर्नुपर्ने कामका बारेमा सोच्छु । 

रामचन्द्र काफ्ले, गायक 

केही सोच्दिनँ, जे कामका लागि गएकी हुँ त्यो काम सक्छु अनि निस्किहाल्छु । 

आँचल शर्मा, अभिनेत्री 

त्यहाँ तनाव हुँदैन । त्यसैले त्यो समयमा म आफ्नै जिन्दगीका बारेमा सोचिरहेको हुन्छु । 

विजय बराल, रंगकर्मी 

ट्वाइलेटमा एक्लै भइन्छ, जसले गर्दा आनन्द हुन्छ । म सधंै स्रष्टाहरूका बारेमा चिन्ता गरिरहन्छु । त्यसैले ट्वाइलेट बस्दा पनि स्रष्टाहरूलाई कसरी धनी र सम्मानित बनाउने भनेर चिन्ता गर्छु । 

लक्ष्मण शेष, संगीतकार 

विशेष गरी म आफ्नो कामकै बारेमा सोचिरहेको हुन्छु । अर्को कुरा, म अविवाहित भएकाले भविष्यमा आफ्नो श्रीमान् कस्तो पर्ला भन्ने पनि सोचिरहेकी हुन्छु । 

अञ्जली अधिकारी, मोडल 

म लामो समय शौचालयमा बस्दा पहिले त बच्चैदेखिको गीत गाउने सौख पूरा गर्छु । ट्वाइलेटभन्दा बाहिर गीत गाउने आँट आउँदैन । यहाँ गायक पनि मै अनि श्रोता पनि मै । त्यसबाहेक म कानुनले गलत भनेका कुरासमेत सोच्छु । 

दीपकराज गिरी, अभिनेता

नयाँ–नयाँ सिर्जना अनि अरूको भन्दा कसरी फरक गर्न सकौँ भन्ने कुरा सोचिरहेको हुन्छु । 

दुर्गेश थापा, मोडल तथा गायक 

म ट्वाइलेटलाई आनन्दको ठाउँका रूपमा लिन्छु । त्यहाँ आफू मात्र हुने भएकाले त्यसको आनन्द उठाउँछु । केही सोच्न थालेँ भने त तनाव हुन्छ । त्यसैले केही पनि सोच्दिनँ । 

राधिका हमाल, गायिका 

म आफ्नो भावी श्रीमान् कस्तो होला भन्ने पनि सोच्छु । 

भावना गुरुङ, अभिनेत्री

प्रकाशित :वैशाख १८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्