Teej banner

बुद्ध जयन्तीमा गोर्खे सलाम

- साप्ताहिक संवाददाता

वैशाख १७, २०७५

बुद्ध जयन्तीको अवसर पारेर गायक तुल साम्सोहाङ राईले राष्ट्रिय भावना बोल्ने ‘गोर्खे सलाम...’ शीर्षकको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । अमेरिकामा बसोबास गरिरहेका गायक राईको उक्त गीतमा टंक बुढाथोकीको शब्द तथा संगीत छ । 

गीतमा बुढाथोकीले नै संगीत संयोजनको काम गरेका छन् । उक्त गीत गायक राईको ‘समिश्रण’ एल्बममा समावेश छ । मेलोडियस शैलीको यो फास्ट गीतको म्युजिक भिडियो पनि उत्तिकै आकर्षक बनेको छ ।  

निर्मल लामाद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोलाई भिमफेदी गाइजका कलाकारले आकर्षक बनाएका हुन् । निर्देशक लामा पनि भिमफेदी गाइजकै सदस्य हुन् । अंग्रेजीमा उप शीर्षक राखिएको उक्त गीतको भिडियोलाई पवन सुस्लिङले सम्पादन गरेका हुन् । 

द मोन्टाजद्वारा छायांकन गरिएको भिडियोमा भीमफेदी गाइजका कलाकारहरुलाई द स्टार यूथ डान्स ग्रुप, दम्की रक्स तथा चिउरी बगैंचा गाईजका कलाकारहरुले पनि साथ दिएका छन् ।

छड्के सलामको म्यूजिक भिडियो : 

प्रकाशित :वैशाख १७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्