सन्नी लियोनीको एप

- एजेन्सी

वैशाख १७, २०७५

सन्नी लियोनी अभिनयका साथै प्रोडक्सन र ब्रान्डमा समेत काम गर्छिन् । लामो समयसम्म पोर्न मुभीमा सक्रिय रहेर केही वर्षअघि मात्र बलिउड प्रवेश गरेकी सन्नी त्यसयता लगातार व्यस्त छिन् ।

सन्नीले केही समयअघि आफ्नो सौन्दर्यसम्बन्धी ब्रान्ड ‘स्टारस्ट्रक’ बजारमा ल्याएकी थिइन्, जसको पहिलो चरणको उत्पादन बजारमा आइसकेको छ । यसबाहेक सन्नी एप निर्माणको अर्को तयारीमा जुटेकी छिन् ।

अत्याधुनिक उक्त एपलाई सन्नी चाँडै बजारमा पठाउने तयारीमा छिन् । यो नयाँ एपमा प्रयोगकर्ताहरूले कसरी आकर्षक देखिन सकिन्छ भनेर आफूलाई एपमा दाँज्न सक्नेछन् । सन्नीले भनेकी छिन्– उनले यो एपका लागि लामो तयारी गरेकी थिइन् ।

श्रृंगार प्रसाधन खरिद गर्ने क्रममा हामी सधैं भ्रममा रहन्छौं, सन्नीले भन्छिन्— यो एपमा हाम्रो स्किनमा कुन कलर राम्रो देखिन्छ, कुन लिपिस्टिक खरिद गर्नु उपयुक्त हुन्छ जस्ता धेरै कुरा हेर्न सकिनेछ ।

युवतीहरूका लागि यो एप निकै उपयोगी हुने अनुमान गरिएको छ । हाल सन्नी एक तमिल चलचित्रमा काम गरिरहेकी छिन्, जसमा उनले राजकुमारीको भूमिका निर्वाह गरेको बताइएको छ ।

 

प्रकाशित :वैशाख १७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्