काले दाइको राइफलको सिरानी

- साप्ताहिक संवाददाता

वैशाख १६, २०७५

चलचित्र ‘काले दाइ’को पहिलो गीत सार्वजनिक भएको छ । ‘राइफलको सिरानी’ बोलको गीत लोकलयमा निर्माण गरिएको छ । गत वर्ष रिलिज भएको ‘पर्व’ सिनेमामा समावेश हिट गीत ‘काले दाई’बाट नाम सापटी लिएर बनाएको चलचित्रलाई शिव शर्माले निर्देशन गरेका हुन् ।

सुमन बैरागीको शब्द र दीपक शर्माको संगीतमा तयार भएको गीतमा धुर्व विश्वकर्मा तथा सहिमा श्रेष्ठको आवाज रहेको छ । रामजी लामिछानेले कोरियोग्राफी गरेको गीतमा इन्द्र राम्जाली, बिनु शाक्य र रामचन्द्र अधिकारीलाई समावेश गरिएको छ । 

चलचित्रमा इन्द्र राम्जाली, शिशिर भण्डारी, अनु पराजुली, रामचन्द्र अधिकारी, सुरेन्द्र केसी, गीता अधिकारी, विष्णु सापकोटा, सारिका घिमिरे, उत्तम केसी, गोविन्द श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् । 

राईफलको सिरानीको भिडियो : 

प्रकाशित :वैशाख १६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्