चलचित्र प्रचार शैली

- साप्ताहिक संवाददाता

वैशाख १६, २०७५

यहि बैशाख २१ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘डमरुको डन्डीबियो’को प्रचार शैली फरक अपनाईएको छ । पुर्व राष्ट्रिय खेल डन्डीबियोमाथि आधारित चलचित्रको पैचारका क्रममा टुँडिखेलमा ‘ठ्याक लाउने’ च्यालेन्ज राख्यो । चलचित्रका कलाकार उपस्थित भएको उक्त च्यालेन्जमा सयौं प्रतिस्पर्धी सहभागी थिए ।

च्यालेन्जमा सिठ्ठो ठ्याक लगाउनेलाई  २५००,  छैंटो ठ्याक लगाउनेलाई . १५००, पाँचौँ ठ्याक लगाउनेलाई  ५०० बराबरको फूड, कफी कुपन वा टिसर्ट, क्याप र इनर्जी ड्रिंक्स, तियो र चारो लगाउनेलाई टिसर्ट/पेन पुरस्कार दिइएको थियो ।

चलचित्रका कलाकार खगेन्द्र लामिछाने, आशान्त शर्मा, लक्ष्मी वर्देवा निर्माताद्वय नोर्बु छिरिङ घले, विनोद गुरुङ लगायतका कलाकारले प्रतिस्पर्धीसँगै ठ्याक लगाएका थिए । टुँडिखेलमा खगेन्द्र पुग्दा फ्यानहरुले पशुपति प्रसाद भन्दै सेल्फी लिन झुम्मिए । 

प्रकाशित :वैशाख १६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्