Teej banner

अंगहीन ब्यक्तिका लागि थ्रिडी प्रिन्टेड आर्म

- एजेन्सी

वैशाख १६, २०७५

अंगहीन व्यक्तिहरूको सहजताका लागि बेलायतको स्टार्टअप कम्पनी ओपन बायोनिक्सले थ्रिडी प्रिन्टेड आर्म निर्माण गरेको छ । उक्त आर्मको नाम हिरो आर्म राखिएको छ । यसलाई ८ वर्षका बालकले समेत सहज रूपमा प्रयोग गर्न सक्छन् । 

हिरो आर्म विश्वकै पहिलो चिकित्सकीय रूपमा प्रमाणित थ्रिडी प्रिन्टिङ बायोनिक आर्मसमेत भएको दावी गरिएको छ । यसमा भएका विशेष प्रकारका सेन्सरले मसलको मुभमेन्ट थाहा पाउँछ र सहज तरिकाले त्यसमा नियन्त्रण गर्न सकिन्छ । यो करिब एक किलोग्रामको छ । यसलाई लामो समयसम्म प्रयोगमा ल्याउनुपरे फ्रिज मोड राख्न सकिन्छ । प्रकाश, ध्वनि तथा भाइब्रेसन पहिचान गर्न सक्ने यो आर्मलाई १ सय ८० डिग्रीमा घुमाउन सकिन्छ । हात नभएकाहरूका लागि यो आर्म निकै नै प्रभावकारी हुने अनुमान गरिएको छ । 

 

प्रकाशित :वैशाख १६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्